
समाजसेवी तथा नेपाली काङ्ग्रेसका युवा नेता बिस्नु ऐडिले शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर ६ र ७ भित्रका गरीब, दलित तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । समाजसेवी तथा नेपाली काङ्ग्रेसका युवा नेता विष्णु ऐडिले छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर ६ र ७ भित्रका प्राथमिक तहमा अध्ययनरत ३ सय २० जना गरिब, विपन्न ,दलित परिवारका बिध्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।


सम्बन्धित विद्यालयमा शिक्षकहरुकोे उपस्थितिमा बालबालिकालाई प्रति गोटा २ कपी र १ पेन्सिल वितरण गरेको हो । दुर्गम क्षेत्रका बालबालिकालाई पठनपाठनमा सहजताका लागि विद्यालयमा गएर सहित स्टेसनरी सामग्री सहयोग गर्दै ध्यान दिएर पढ्न सुझाव दिनुभएको छ। शैक्षिक सामाग्री पाएपछि बालबालिकाहरू खुसी भएका छन् ।
समाजसेवी ऐडीले आफ्नो पालिका भित्रका सबै विद्यालयका ११ सय २० जना गरिब विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो । विगत लामो समयदेखि युवा नेता ऐडिले विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको छ ।
































