बझाङमा पूर्ण खोप अभियान सुरु, स्थानीय तहका सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

Image
Nisarga Hospital

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङको आयोजनामा पूर्ण खोप अभियानका लागी सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोगले गर्दा हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका १२ वटै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सुरु गर्नुपर्ने भएकाले खोप कसरी सञ्चालन गर्ने लगाएतका विषयमा छलफल गर्न अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

CP Hospital Dhangadhi

महामारीजन्य रोगबाट बचाउन र कृषकले पशुपक्षीमा गरेको लगानीको सुरक्षा र सम्भावित क्षतिलाई रोक्न पशुहरूमा खोप लगाउनु आवश्यक भएकोले सरकारले पूर्ण खोप निती ल्याएकाले यसलाइ सफल बनाउन कार्यक्रम सुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङका प्रमुख कवि राज्र कठायतले बताउनुभयो ।

Attariya Hospital

उक्त अन्तरक्रिया कार्यक्रममा जयपृथ्बी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल, कृषि ज्ञान केन्द्रका प्रमुख खेम पनेरु, १२ वटै स्थानीय तहका पशु सेवा शाखाका प्रमुख , भ्याक्सेनेटर,प्राबिधिकहरूको सहभागीता रहेको थियो ।

nawajiwan

विज्ञ केन्द्रका प्राविधिक कर्मचारी कृषकका पशु फार्म तथा गोठमा पुगेर गाई, भैँसी, बाख्रा तथा भेडाको तथ्याङ्क सङ्कलन गर्ने र खोप लगाइने भएको छ । अभियानको लागी सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको कार्यालयले जनाइएको छ ।