गोदावरी नगरपालिकामा फोहर समस्या समाधानका लागि एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र उदाहरणीय बन्दै

Image
Nisarga Hospital

अत्तरियाः  गोदावरी नगरपालिकामा सञ्चालनमा आएको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रले बजार क्षेत्रका खोलानाला र जंगलमा थुप्रिएको फोहर समस्या स्थायी रूपमा समाधान गरेको छ। बुधबार, शहरी विकास तथा भवन निर्माण आयोजना कार्यान्वयन इकाईका डिई तुल्सी राम खर्भुजा र एडीबी (ADB) टीमका प्रमोद पुडासैनीसहित केन्द्रिय मिडिया प्रतिनिधिहरूले केन्द्रको स्थलगत अनुगमन गरेका थिए।

CP Hospital Dhangadhi

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमा फोहरलाई कुहिने, नकुहिने र सिसाजन्य फोहरमा वर्गीकरण गरेर व्यवस्थापन गरिएको छ। कुहिने फोहरलाई कम्पोस्ट मलमा, नकुहिने र पुनः प्रयोग योग्य फोहरलाई बिक्रीका लागि अलग राखिन्छ। व्यवस्थापन केन्द्र सञ्चालन अघि बजार र सडक छेउमा फोहरका थुप्रा देखिन्थे र दुर्गन्धले स्थानीय जीवन प्रभावित बनाउँथ्यो। तर गत साउनदेखि सञ्चालनमा आएको केन्द्रले यो समस्या पूर्ण रूपमा समाधान गरेको छ।

nawajiwan

स्थानीयहरू केन्द्रको प्रभाव देखेर प्रसन्न छन्। स्थानिय भन्छन्, “अचेल त कतै फोहर देखिन्न। स्थानीय पनि फोहर फाल्दा सचेत भएका छन्, जसले वातावरणमा सकारात्मक असर पुर्‍याउँछ।”

एसियाली विकास बैंकको ५१ करोड ६९ लाख लगानीमा, चौकीडाँडा सामुदायिक वन क्षेत्रमा आधुनिक संरचनासहित बनेको यो केन्द्रले दैनिक १३.६७ टन ठोस फोहर र १३ घनमिटर दिसाजन्य फोहर व्यवस्थापन गर्न सक्ने क्षमता राख्छ। नगर प्रमुख बिरेन्द्र भट्टका अनुसार, केन्द्रको निर्माणमा स्थानीय सामुदायिक वन र जिल्ला बनसँग समन्वयका कारण जंगल फडानी, समयमा संरचना निर्माणको काम भएको बताएका छन ।

Attariya Hospital

हाल केन्द्र सञ्चालन ठेकेदार कम्पनीको निगरानीमा तीन वर्षसम्म हुनेछ। यस अवधिमा स्थानीय कर्मचारीहरूलाई तालिम दिई केन्द्र संचालन गर्ने ढाँचा तयार गरी रहेको आयोजनाले जनाएको छ । फोहर व्यवस्थापनसँगै केन्द्रले कम्पोस्ट मल उत्पादन र रिसाइकलिङबाट आम्दानी गर्ने लक्ष्य राखेको छ।

इन्जिनियर अशोक पाण्डेका अनुसार, स्थानीय जनप्रतिनिधि, विद्यालय र वडा कार्यालयमार्फत जनचेतना कार्यक्रम चलाइँदैछ जसले नागरिकलाई फोहर छुट्याउने र पुनः प्रयोगको महत्त्व बुझाउने काम गरिरहेको छ।

गोदावरीको यो केन्द्रले नगर सफाइ, वातावरण संरक्षण र आर्थिक आम्दानीको दृष्टिले स्थायी र उदाहरणीय मोडेल बनाउने प्रयासलाई गति दिएको छ।