
सबैलाई यस्तै हुँदो हो कि
मलाई मात्र हो—
उत्साह र उमङ्गले
हृदय भरिएर
सुत्छु भन्दा पनि
निद्रा भागिदिने।
आमा–बाबाको
आशीर्वादले छाती तात्छ,
साथी–आफन्तका
सन्देशहरूले मन मुस्कुराउँछ,
फेसबुकको वाल
शब्दहरूले भरिन्छ,
र म—
थोरै भावुक बन्छु।
साच्चै मलाई मात्र होला कि
सबैलाई यस्तै हुन्छ—
उमेर बढ्दै जाँदा
जिम्मेवारीहरू थपिँदै पनि,
जन्मदिनले
फेरि बालापन सम्झाइदिन्छ।
न भोकको ख्याल रहन्छ,
न निद्राको परवाह,
एक किसिमको
रौनकले
सबै थकान बिर्साइदिन्छ।
आज म
केही ठूलो माग्दिन,
केवल यत्ति चाहन्छु—
जिम्मेवारीसँगै
उत्साह नहराओस्,
संघर्षसँगै
मुस्कान बाँकी रहोस्।
वाउ—

जन्मिनु आफैमा
एउटा उत्सव रहेछ,
र आज
म फेरि एकपटक
आफ्नै अस्तित्व
मनाएर बसेको छु।
✍️ भावना खत्री





































