
क कसलाई गरौँ गली धेरै दास यतै छन्,
दुश्मनका दलालहरूकै निवास यतै छन्।
भ्रष्टाचारको बिरोध गर्ने बहानामा उनैले,
गरेको उस्तै तोडफोडकै तमास यतै छन्।
सरकार बनाउन तम्सिएका अनुहार पनि,
विदेशी शक्तिका दास धेरै खास यतै छन्।
आफ्नै आमाको अश्मिता देख्ने लुटीएको,
कुपुत्र बनेर बसेका जीउँदा लास यतै छन्।
जाग ए जनता यो देश खरानी पार्न थाले,
नजाउ विदेशमा समश्यको राश यतै छन्।

॥१॥
उडाई लैजाला पश्मिको बतास आएपछि,
केहि जोगिदैन बम बारूद पास आएपछि।
आज जसरी जलेको छ वेनेजुएला हेरौं त,
आउन बेरछैन यहां उसैको दास आएपछि।
हौँ यो देशका सपुत्र यही देशकै लागि लडौँ,
सुरक्षित छैन देश डालरको रास आएपछि।
कसलाई चडाई दिन्छन् त्यो डालरको भूत,
कुनैवेला नि उस्को मनमा तमास आएपछि।
दुरपिन लगाई हेरिरहन्छ चहलपहल देशको,
उसैका एजेन्टहरू देशभित्र खास आएपछि।
नर्क तुल्य बनायो अमेरिकन सम्राज्यवादले,
जुनसुकै देशमा प्रछाईंको निवास आएपछि।


॥२॥
आउ मिलेर अब त खबरदार हुनैपर्छ,
साम्राज्यवाद सङ्ग होसियार हुनैपर्छ।
खुलेआम मच्चायो आतङ्क उसैले,
अब उसको खिलाफ संसार हुनैपर्छ।
समयमा भएनौ भने सचेत हामीहरू,
यही देशपनि उसैको आहार हुनैपर्छ।
उठ मधेशी पहाडी र हिमाली नेपाली,
एउटै सन्तानभित्र अब करार हुनैपर्छ।
मर्नु त एकदिन छदै छ कायर नबनौं,
वीरहरू लडेर मरेकै समाचार हुनैपर्छ।
आफ्नै गुलाम बनाउन खोजेको दुष्टले,
नझुकौं हामी यसको चिरफार हुनैपर्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८































