सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

ढल्कियो उमेर त केभयो नजर उस्तै छ,
त्यो बालपनको अँझै नि असर उस्तै छ।
कपाल फूलेपनि दाँत झरेपनि मन उस्तै,
सम्हाल्नै गारो मन् चञ्चल रहर उस्तै छ।
हरेस खाएर जिउँनु पनि के जिन्दगी हो,
जीवन जिउने शङ्घर्ष र सफर उस्तै छ।
लडेकै हौँ तिमि र हामी पटक पटक जहाँ,
विकास हुन सकेन देशको अधर उस्तै छ।
मैले सुनाए तिमिलाई खबर तन मनको,
भन्दिए हुने पिडा लुकाएर खबर उस्तै छ।
गर्छन् असमान सन्धि सम्झौता यिनै नेता,
सुकाए खोला चुसेर ऊनैले बगर उस्तै छ।

CP Hospital Dhangadhi

॥१॥

त्यो हिमालसम्म क कसले नजर पुराए,
कु पुत्रहरू बनेछन् दलाल खबर पुराए।
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
स्वतन्त्र देशको रिकाड पचेन यिनैलाई,
लेण्डुप बन्ने धेरैले आफ्नो रहर पुराए।
लगाई पाखा राजनीति दल बनाए आफै,
संदेश कस्तो दुनियाभरी नै असर पुराए।
राष्ट्रको ढुकुटी लगाई आगो दुश्मन बनी,
लुटेरा बनेर देशकै धन आफ्नै घर पुराए।
बनेका जेलेन्स्की युवा पाएर डालर उनी
लगाई आगो धुवाँको मूश्लो सगर पुराए।
भ्रष्टाचार बिरोधी अभियान देखाए उनैले,
उल्टै जनतामा आतङ्कको अफर पुराए।
॥२॥
पसिना बगाउनेहरू विना दाम हुनेगर्छन्,
सत्यको बाटो हिंडेका बद्नाम हुनेगर्छन्।
हिंजो आज यही पैसा प्रधान समाजमा,
धनमानका घरभित्र तामझाम हुनेगर्छन्।
पत्थरलाई तरासेर भगवान बनाए उनैले
उनैको पनि त नराम्रो अन्जाम हुनेगर्छन्।
शोषकहरू शोषण गर्न पल्किएका सधैँ,
गरिबलाई सबैभन्दा राम्रो काम हुनेगर्छन्।
मिल्दैन पसिनाको मूल्य पेट हुन्छ भोको,
धनिलाई नै सुखसयल आराम हुनेगर्छन्।
किसान हुन्छन् भोका झुत्रे खलियानमा,
साहुकारकै दमन झन वेलगाम हुनेगर्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

Dhnagadhi & Krishanapur