सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

सपना यिनै आँखामा पनि त भरपुर भएहोला,
कतै बद्नाम यिनै आँखाहरू वेकसुर भएहोला।
आकङ्क्षको भारी बोकेर मैदानमा कुदेका पनि,
बैराङ फर्केर आउँदा यहाँ त चक्नाचुर भएहोला।
अपबित्र गडबन्ध हुन्छन् मन मर्जिको राजनीति,
केही त यसैमा पनि दुष्ट सँग जी हजुर भएहोला।
भनिन्छ मन मिलेपछि देखिंदैन कुनै गलती पनि,
स्वार्थले गर्दा गलती नी नजरबाट दुर भएहोला।
गरिबलाई लुटेर बनाए सिशाका महलहरू पनी,
आँखामा क्षणभर उनै समेत कोहिनूर भएहोला।

CP Hospital Dhangadhi

॥१॥

खोजेर कहाँ मिल्नु खै आमा महतारी कतै,
देख्छु भनि नियाल्छु वारी खोला पारी कतै।
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
भुल्न सकिदैन रहिछ दश धार दुध पिएको,
छाडेर मलाई सधैँ आमा भयो सवारी कतै।
हिँजो जस्तै लाग्छन् अनुहार उस्तै आँखामा,
छाडि हिंडेछौ आमा हाम्रो मायाँ मारी कतै।
थाहा छ मर्नु हो साँचो आउनेछौँ पछि पछि,
जीवन भन्दापनि काल हुन्छ बफादारी कतै।
जहाँ फलेका थिए पसिना हजुरकै लहलही,
बन्जर भएछ आमा अचेल त्यही बारी कतै।
॥२॥
मानिस किन अन्याय सहने तस्विर बनेका,
दुश्मनकै अगाडी किन उनि फकिर बनेका।
प्राणी मध्यकै सबैभन्दा चेतनिसल उनै हुन,
शोषक यहिँ छन् गरिब लुटेर अमिर बनेका।
हेर्छन् आकास तर्फ उनै न छ स्वर्ग नर्क कतै,
मुट्ठीभर फटाहा छन् गरिबकै तक्दिर बनेका।
काम लिन जानेका उनि विर भन्छन् बहादुर,
स्याबासी पाई मख्ख लडाकु माहिर बनेका।
विद्रोह गर्न कम्मर कसेपनि अल्झिन्छन कतै,
कुसंस्कार समाज भित्र छन् जञ्जिर बनेका।

॥३॥

वर्गिए मायाँ पनि त संसारमा खास हुनेगर्छ,
आफू जस्तै यो मनको माझ निवास हुनेगर्छ।
लोभ हुनेगर्छ दुश्मन् आफ्नै सन्तानको पनि,
धनका लागि दुश्मनको समेत दाश हुनेगर्छ।
त्यो पनि के मान्छि जो जन्मियो खानलाई,
छैन कुनै मक्सद त्यो जीउँदो लाश हुनेगर्छ।
देखेकै छौं जीवनभरी हवादारी विचार हामी,
आफ्नै व्यवहारले पनि सधैँ उपहास हुनेगर्छ।
न कसै सँग गुनासो भयो न कुनै छ आफ्नो,
कसैको धेरै गरिएमा आस विनास हुनेगर्छ।
थाहा छ यो दुनियाँमा हुन्छन् कलाकार धेरै,
कि गलाले कित कला भए निकास हुनेगर्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

Dhnagadhi & Krishanapur