
विचारमा मानिसहरू सधैँ अटल हुनुपर्छ,
आपसमा अर्थपूर्ण राम्रै छलफल हुनुपर्छ।

राजनीति सबैले गर्छन् तर देश जनताको,
हितमा राजनीति गर्नेहरू असल हुनुपर्छ।
भाषनमा मात्र होइन आफ्नो व्यवहारमा,
सधैँ विचार भने अनुसार अम्मल हुनुपर्छ।




योजनाकार भन्छन् देशमा भ्रष्टाचार भयो
सरकारमै बसेका त इमान्दार दल हुनुपर्छ।
मानिसको रूप होइन स्वरूप हेर भित्रको,
धमिलो मनलाई सफा गरी निश्चल हुनुपर्छ।
राजनीतिमा बुढा तन्नेरी भन्नु हुँदैन साथि,
बरू देशकै हितमा बिजन अब्बल हुनुपर्छ।
॥१॥
व्यवहार हेरौं उन्को न अनुहार हेर,
कस्तो बनाउने मन् छ सरकार हेर।
दलाल छन् चलखेल बढाउने खुबै,
देश ढुबाउने बनाउँदै छ आधार हेर।
समाज छ झारफूकमा अल्झिएको,
कहाँ पुग्यो छैन खै खबर संसार हेर।
पढेलेखेका नयाँ पुस्ताहरू के भनौँ,
किन बनेका छौ दुष्टको औजार हेर।
साम्राज्यवाद त हुनै सक्दैन आफ्नो,
जति बनेता पनि तिमी बफादार हेर।
॥२॥
भोट कसलाई सबैका उस्तै छन् अनुहार टिठ लाग्दा,
चिन्नुपर्छ कत्तिनी नगरे दया देखेर हतार टिठ लाग्दा।
कसैको अनुहार नहेर व्यवहार हेर्नुपर्छ उमिदवारको,
जित्नलाई बनाएका हुन्छन् उनि आधार टिठ लाग्दा।
देश हाम्रो हो हामी नै यो देशका सच्चा पहरेदार भए,
शङ्घर्षशिल छानौँ न छानौँ यस्ता बेकार टिठ् लाग्दा।
विदेशी दलालहरूले दिएका हुन्छन् लोलीपोप बुझौँ,
धेरै छन् विदेशी एजेन्ट बनेका दोकान्दार टिठ लाग्दा।
युवा आफ्नै विवेक गर प्रयोग कुनै जालमा न अल्झि,
बनाउलान् तिमिहरूलाई आफ्नै हतियार टिठ लाग्दा।
लोकतन्त्र भनेको तिम्रो अमूल्य मत हो खेरा नफाले,
बनेका हुन्छन् खोस्न त्यही तिम्रो औजर टिठ लाग्दा।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

































