
लेखन जे जस्तो भएपनि विचार अटल छ,
नयाँ खोज गर्ने प्रयास लगातार अटल छ।
महासय मलाई नियाल्नु र विचिर बनाउनु,
सकारत्मक वा कत्तीको वेकार अटल छ।
अरूलाई खुब सम्झाएँ सम्झाउन सजिलो,
व्यवहारमा उतार्न त उस्तै धोधार अटल छ।
सबैको नाडी छामे सुख्ख सँगै दुःखमापनि,
फरक थियो स्वार्थमै सारा संसार अटल छ।
पायौँ के गुमायौँ बसेर निचोड निकालौँला,
सोचेको भन्दा फरक छ जङ्घार अटल छ।
अहिले कुर्सिको तनातनीमा भाइ भाइ लडौं,
दुश्मनको नियतमा पनि होसियार अटल छ।

॥१॥
देशको र जनताको सरोकार नहुँदा,
कसरी बसौं देशभित्र आधार नहुँदा।




भवन त बनेका छन् ठूला अस्पत्ताल,
कसरिभनौँ अस्पत्ताल उपचार नहुँदा।
केफाइदा गुरूद्वारा,मज्जिद मन्दिरकै,
युवा भेटिन छाडे यहाँ रोजगार नहुँदा।
साधन श्रोत छ विकास गर्ने छैन मन,
परनिर्भर भयो देश कुनै औतार नहुँदा।
भ्रष्टाचारले थला नै पार्यो यो देशलाई,
जिउँन गारो सरकार सङ्ग उद्दार नहुँदा।
कुरिती छाड्न सकिन समाजमा उस्तै,
टुक्रा टुक्राभयो आपसमा प्यार नहुँदा।
॥२॥
राजनीति पनि किन व्यापार हुनथाल्यो,
युवाहरूलाई त यही रोजगार हुनथाल्यो।
विदेशीले उक्साइदिन्छ केही राहत दिई,
उनैको कटपुतली नै सरकार हुनथाल्यो।
आफ्नो विवेकले सोंचे हुन्थ्यो मानिसले,
अचेल मानव नै किन बिमार हुनथाल्यो।
मैले जनतालाई भेंडाभन्द बिरोध गर्दथे,
तर अहिले त्यहिपनि उपहार हुनथिल्यो।
असमान सन्धि र सम्झौता गर्छ सरकार
भन्छन् अब समाप्त भ्रष्टाचार हुनथाल्यो।
भन्छन् नयाँ पुस्ता आवरणमा फरक छ,
साम्राज्यवादले भने अनुसार हुनथाल्यो।
॥३॥
भोट कसलाई सबैका उस्तै छन् अनुहार टिठ लाग्दा,
चिन्नुपर्छ कत्तिनी नगरे दया देखेर हतार टिठ लाग्दा।
कसैको अनुहार नहेर व्यवहार हेर्नुपर्छ उमिदवारको,
जित्नलाई बनाएका हुन्छन् उनि आधार टिठ लाग्दा।
देश हाम्रो हो हामी नै यो देशका सच्चा पहरेदार भए,
शङ्घर्षशिल छानौँ न छानौँ यस्ता बेकार टिठ् लाग्दा।
विदेशी दलालहरूले दिएका हुन्छन् लोलीपोप बुझौँ,
धेरै छन् विदेशी एजेन्ट बनेका दोकान्दार टिठ लाग्दा।
युवा आफ्नै विवेक गर प्रयोग कुनै जालमा न अल्झि,
बनाउलान् तिमिहरूलाई आफ्नै हतियार टिठ लाग्दा।
लोकतन्त्र भनेको तिम्रो अमूल्य मत हो खेरा नफाले,
बनेका हुन्छन् खोस्न त्यही तिम्रो औजर टिठ लाग्दा।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

































