सुनचाँदीको मूल्यमा ऐतिहासिक उछाल, नयाँ रेकर्ड कायम

Image
Nisarga Hospital

नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्यले निरन्तर उकालो यात्रा जारी राखेको छ। पछिल्ला दिनदेखि बढ्दो क्रममा रहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि बुधबार प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भई रेकर्ड कायम भएको सुन बिहीबार अझै महँगिएको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो रेकर्डभन्दा प्रतितोला २० हजार पाँच सय रुपैयाँले बढी हो, जसले सुनको मूल्यमा अभूतपूर्व वृद्धि देखाएको छ।

Attariya Hospital

यस्तै, चाँदीको मूल्य पनि ऐतिहासिक उचाइमा पुगेको छ। बुधबार प्रतितोला सात हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार सात हजार पाँच सय पाँच रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय पाँच रुपैयाँको वृद्धि हो।

nawajiwan

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहँदै आएको छ। आज सुन प्रतिऔंस पाँच हजार पाँच सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव, लगानीकर्ताको आकर्षण र आर्थिक अनिश्चितताले सुनचाँदीको मूल्य अझै चर्किन सक्ने अनुमान गरिएको छ।