मेरी प्यारी आमा

Image
Nisarga Hospital

आमा
म जन्मिनु अघि नै
तिमीले दुःख सँग सम्झौता गरिसकेकी थियो
मेरो सास चलिरहोस् भनेर
आफ्नो सास बिर्सेकी थियो ।

CP Hospital Dhangadhi

मेरो पहिलो रोदनमा
तिमी रोएनौ मुस्कुरायौ ।
तर त्यो मुस्कान भित्र
कति पीडा लुकेको थियो
कसैले सोधेन ।

म ठेस लागेर रोएँ
तिम्रो मुटु फुट्यो ।
तर मलाई बलियो बनाउनु छ भनेर
आफ्नो आँसु लुकाएर
” केही भएन ” भन्यौ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

संसारले मलाई ताली दियो
तिमी कुनामा उभिएर रोयौ ।
मेरो सफलता देखेर होइन
मेरो संघर्ष सम्झेर

आमा
तिम्रो सबै भन्दा ठूलो सपना
धन नाम वा महल थिएन
तिम्रो एउटै चाहना थियो
म सफल भएको देख्नु ।

आज म लड्दै छु
कहिलेकाहीँ हार्दै पनी
तर विश्वास गर आमा
तिम्रो सपनालाई
अधुरो छोड्दिनँ म ।

किनकि मेरो सफलता
मेरो लागि मात्र होइन
तिम्रो अधुरो जीवनको
पूरा जवाफ हुनेछ।

✍️ सन्तोषी ऐर, विद्यार्थी
श्री धर्म जनता माध्यमिक विद्यालय कञ्चनपुर

Dhnagadhi & Krishanapur