सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

कहाँ सम्म पुग्छ जीवनको सफर उस्तै छ,
बद्लिएन गाउँ जस्तै थियो सहर उस्तै छ।
हिंडेका हुन्छन् भोका नाङ्गा सपना बोकी,
पसिनाले सिंचेपनि देशको अधर उस्तै छ।
उत्खनन् भयो ठाउँ ठाउँ झिक्यो ढुङ्गाहरू,
पानीको त मूल सुकिसक्यो बगर उस्तै छ।
आत्मनिर्भर हुनैनसक्ने यो देश किनहोला,
विदेशमा अलपत्र छन् युवा खबर उस्तै छ।
छैन देशमा रोजगार कसरी हो जीवन धान्ने,
कमाई भन्दा खर्च पुँजिवादी असर उस्तै छ।
भ्रष्टाचार पनि दिनानुदिन झांगिदै जानाले,
यो देशनै रहन्छ वा रहँदैन भन्ने डर उस्तै छ।

CP Hospital Dhangadhi

॥१॥

बतास समेत रोक्न खज्छन् धनमान हरू,
जनता लुट्न प्रयोग गर्छन् उनै उखान हरू।
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
जसले बञ्जर भूमि जोत्यो र अन्न फलायो,
भोकानाङ्गा देश विदेश उनैका सन्तान हरू।
गर्छन् कारोबार साम्राज्यवाद बम बारूदको,
कस्ले खोज्छ मानव मुक्तिका समाधान हरू।
विषालु बतास आएको हुन्छ पश्मितर्फ बाटै,
आतङ्क फैलाउँदैछन् उनकै खानदान हरू।
उनैभए मानवका दुश्मन् आतङ्क फैलाउँदै,
दलाली गर्नेहरू मार्दैछन् आफ्नै जहान हरू।
॥२॥

सहयोग दिनु जसले गाउँ सहर बनाउँछ,
आफ्नै घर गहुँथलि पनि सुन्दर बनाउँछ।
जसले आफ्नो तन खियायो जीवनभरी,
उसैलेमात्र यो धर्ती अनि सगर बनाउँछ।
आफ्नो भन्दा पनि देशको मयाँ साँचने,
मात्रृत्व भूमिको सुन्दर अधर बनाउँछ।
देश छाडी जानेलाई पनि छ कति मयाँ,
देशकै भविश्यमा उस्ले सफर बनाउँछ।
सबैलाई आतङ्कको भय हुन्छ मनमा,
साम्राज्यवाद संसारमा खबर बनाउँछ।
जताहेर्छ उतै निशाना साध्ने काम भयो,
उसले मिठो र बिषालु खञ्जर बनाउँछ।

॥३॥

जीवनमा एकमुट्ठी त्यो खुसी पाएको बेला,
पैतालाहरूले रहरको बाटो समाएको बेला।
खहरेमा पनि उर्लिदो रहिछ भल वर्षातको,
इसारै इसारामा आंखाहरू बोलाएको बेला।
सपना थियो त्यो भ्रम टुट्यो निद्रा खुलेपछि,
यिनै आंखाहरूले आंशु छचल्काएको बेला।
खै मानिसहरू किन कसको लागि जिएको,
सोंच्नै नसक्ने प्रेमको चस्मा लगाएको बेला।
मायांको अनिकालमै हुर्किएको जिन्दगी यो,
खुसिभरीएछ अमृतको थोपा आएको बेला।
पटक पटक कयौं पल्ट टुक्रीएको हृदयपनि,
मुस्कुराउन बाध्यछ आसुले रूझाएको बेला।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
Dhnagadhi & Krishanapur