
देवभुमि तपाेभुमि शैल्य शिखर मल्लिकार्जुन
शक्तिपिठ दर्शनधाम राष्ट्र कै हाे गाैरव र शान।

भक्तिभाव मनमा राखि पाल्नु सबै जन
मनले साेच्या पूरा हुन्छ फल्छ तन मन।
दार्चुलाकाे मडमा अवस्थित छ है धाम
दर्शन गरे पूरा हुन्छन भक्तजनका काम।




भक्तिभाव मनमा राखि पाल्नु सबै जन
मनले साेच्या पूरा हुन्छ मिल्छ तन मन।
महायज्ञ शिवपुराणमा प्रवचन चलेकाे छ
रातदिन शक्तिपिठमा नित्य धुनि बलेकाे छ ।
भक्तिभाव मनमा राखि पाल्नु सबै जन
मनले साेच्या पूरा हुन्छ फल्छ तन मन।
दुई हजार बयासी साल माघ बाईस गते
सुरु भयाे महायज्ञ शिरमा कलस बाेके।
भक्तिभाव मनमा राखि पाल्नु सबै जन
मनले साेच्या पूरा हुन्छ फल्छ तन मन।
भव्य पुजन सभ्य आवरण मन्दिर वरिपरि
भक्तजनले गरे पुजा रङ्गि फुल छरिछरि।
भक्तिभाव मनमा राखि पाल्नु सबै जन
मनले साेच्या पूरा हुन्छ फल्छ तन मन।।
✍️ कृष्ण सिंह धामी मालिकार्जुन-२,दार्चुला

































