लालझाडी–६ चान्देवमा हात्तीको आक्रमण, ६ वर्षीया बालिकाको मृ’त्यु, हजुरआमा गम्भीर घाइते

Image
Nisarga Hospital

लालझाडी: कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देवमा गएराति जंगली हात्तीको आक्रमणबाट ५५ वर्षीय पार्वती साउद र उनकी ६ वर्षीया नातिनी रोजी साउद गम्भीर घाइते भएका थिए।

CP Hospital Dhangadhi

कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीका अनुसार घाइते दुवैको सी एन्ड सी अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि ६ वर्षीया बालिका रोजिनालाई धनगढी रेफर गरिएको र अस्पताल नपुग्दै बाटोमै रोजिनाको ज्यान गएको हो। हात्तीको आक्रमणमा परेका घाइतेद्वयको नेपाली सेनाले उद्धार गरेको थियो । पछिल्ला दिनहरूमा कञ्चनपुरमा जंगली हात्तीको आक्रमण नरोकिएपछि अकालमै मानिस ज्यान गुमाउन बाध्य भएका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

लालझाडी गाउँपालिकाका अध्यक्षले शिविरमा बस्दै आएका प्रभावित परिवारलाई सहयोग गर्न गाउँपालिका तयार रहेको जानकारी गराउँदै सम्बन्धित निकायमा आवश्यक पहल गरिने बताएका छन्।

Dhnagadhi & Krishanapur