भ्रम होईन, तथ्यमा विश्वास गर्ने संस्कार विकास गरौँ

Image
Nisarga Hospital

जती तागत ऐले केही व्यक्तिहरू बालेनहरु, रबीहरुलाई अपुष्ट आरोप प्रत्यारोप र शंका फिजाउनमा लगाई रहेका छन; त्यसको आधा मात्रै तागत पनि उनीहरूले समयमै उहिले नै देशको धर्म संस्कृति, स्वाधीनता, स्वाभिमान, समृद्धि नास्दा भ्रष्टहरुलाई रोक्न या आफैले तिनीहरूलाई नबोक्नमा लगाइएको भए आज भाषणमा होइन साँच्चै सफल, समृद्ध खुशहाल देशमा हुन्थ्यौँ, हामी! र, रबि बालेनहरु राजनीतिमा होईन, अन्यत्र कतै हुन्थेँ।

CP Hospital Dhangadhi

जस्ले जती तागत लगाए पनि यसपल्ट अधिकाँश जनताले मत फेर्ने निश्चित प्रायः छ। जस्ले जति नियोजित या भ्रमित भएर जे सुकै गरे पनि यस पल्ट भ्रष्टता को पुष्ट र प्रमाणित (Tested and Failed) विरासत ढल्ने छ नै।

उनीहरुलाई बारम्बार अवसरहरू र दुई तिहाई समेत दिएर हेरी सके त जनताले, अब उनैलाई फेरि बहुमत र दुईतिहाई दिएर केही फाइदा छैन भनेर अधिकांश नेपाली जनतालाई स्पष्ट थाह छ; नझुक्किनु होला।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

शुभकामना, भ्रम होईन, तथ्य, प्रमाणमा विश्वास गर्ने संस्कार विकास गरौँ; प्रमाण भए जो होस, दोषी, अपराधी सजायको हिस्सेदार हुन्छ र हिस्सेदार बनाउनै पर्छ।

✍️ लक्ष्मण दियाल
बेलौरी, कञ्चनपुर

Dhnagadhi & Krishanapur