
फुलेका कपालहरू
भित्रभित्रै सल्लाह गर्दैछन् रे
यो टाउकोले
धोका दियो भन्दै
भित्रभित्रै टाउको
प्रत्यारोपण गर्न खोज्दैछन् रे।

केही फुलेका विश्लेषक र पत्रकार
केही फुलेका नेतागण र अभियन्ता
गोप्य संवाद गर्दैछन् रे
यो भन्दा त
पुरानो व्यवस्था राम्रो भन्दै
फुलेका” महाराज ‘लाई नै
सिंहासन ग्रहण गराउने
इतिहास रच्दै छन् रे।
“महाराज’ पनि
के खोज्छस काना
“आँखो ‘भनेझैँ
राष्ट्रिय सहमतिको
बिगुल फुक्दैछन् रे।।


षड्यन्त्रभित्र पनि लडाई छ रे
कोही प्रजातन्त्र भित्रको राजतन्त्र
त कोही राजतन्त्रभित्रको प्रजातन्त्र
चाहन्छन् रे।।।।।
✍️ कम्मान सिंह साउद
उपप्राध्यापक, त्रिपुरा सुन्दरी क्याम्पस अछाम































