
हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात वटा अन्तर्राष्ट्रिय गन्तव्य—सारजहा, दोहा, दुबई, कुवेत सिटी, अबुधाबी, कतार र दमाम—जाने सबै उडान आज दिउँसो र राति रद्द भएका छन्। त्रिभुवन विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले यात्रुलाई जानकारी दिँदै भने, “उडानहरू कहिले खुल्छन् भन्ने निर्णय पछि सार्वजनिक गरिनेछ।”

उनीहरूले यात्रुलाई विमानस्थल जानुअघि आफ्नो उडानको स्थिति पक्का गर्न सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गर्न आग्रह गरेका छन्। यस कदमले यात्रुहरुलाई असुविधा कम गर्न र उडानमा अनावश्यक ढिलाइ रोक्न मद्दत गर्ने विश्वास गरिएको छ।
सात वटा अन्तर्राष्ट्रिय विमानस्थलमा जारी हवाई उडान प्रतिबन्धले नेपाल–खाडी मुलुक सम्बन्धित व्यापार, पर्यटन र व्यक्तिगत यात्रा प्रभावित हुने देखिएको छ। यात्रुलाई यस अवस्थाबारे सचेत रहन र सुरक्षा नियम पालना गर्न विमानस्थल प्रशासनले अनुरोध गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर अरेबिया, फ्लाई दुबई, जजीरा एयरलाइन्स, कुवेत एयरवेज, कतार एयरवेज, टर्किश एयरलाइन्स, हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सका उडानहरू अर्को सूचना नआएसम्मका लागि रद्द भएका छन्। यात्रुलाई उडानबारे जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गर्न भनिएको छ।
सम्पर्क नम्बरहरू:
एयर अरेबिया: ९८०२०३९५०
फ्लाई दुबई: ९८५११६९६४१ / ९८५११६९६४५

जजीरा एयरलाइन्स: ९८४१४४६८७२
कुवेत एयरवेज: ९८५१११५५०१
कतार एयरवेज: ९८०१०२०९०३ / ९८०१०२०९०४
टर्किश एयरलाइन्स: ९८०११५६८६७
हिमालय एयरलाइन्स: ९८५१२११५५८
नेपाल एयरलाइन्स: ०१-४११३२५१





























