बैंकिङ कसुरमा सजाय सुनाइएकी फरार रहेकी सन्जा कुमारी पक्राउ !

Image
Nisarga Hospital

बैंकिङ कसुर मुद्दामा अदालतबाट कैद र जरिवाना सजाय तोकिएकी एक महिलालाई डोटी प्रहरीले पक्राउ गरेको छ। डोटी जिल्लाको आदर्श गाउँपालिका–३ की ४० वर्षीया सन्जा कुमारी कठायत रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

CP Hospital Dhangadhi

जिल्ला अदालत डोटीको २०८२ वैशाख २६ गतेको फैसलाअनुसार उनलाई १० दिन कैद र ४० लाख रुपैयाँ जरिवाना तोकिएको थियो। फैसला कार्यान्वयनको क्रममा फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट पक्राउ गरेको हो।

Attariya Hospital

प्रहरीका अनुसार खोजतलासका क्रममा फेला पारी उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकी रोकायालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।

nawajiwan

फैसला कार्यान्वयन अभियानलाई प्रभावकारी बनाउन प्रहरीले फरार अभियुक्तहरूको खोजी कार्यलाई तीव्र बनाएको छ।