सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

जुन सरकार आएपनि देश कर्जदार हुँदै आयो,
उनै भ्रष्टाचारी जसरी पनि साहुकार हुँदै आयो।
कसलाई के भनौँ जनताले नै बाटो बिराए पछि,
हाम्रो त सबैलाई खबरदार बार बार हुँदै आयो।
जहिलेपनि यहाँ जनताले हतारमा निर्णय गर्दा,
फुर्शतमा बसेर पछुताउने व्यवहार हुँदै आयो।
तिमिले भन्थियौ भ्रष्टाचार सकिन्छ यो देशबाटै,
आज उनैभित्र भ्रष्टाचारको समाचार हुँदै आयो।
सदियौँ कतै नभएको जाद्रा हाम्रै देशमा लाग्छ,
यो तमासा देखि चकित सारा संसार हुँदै आयो।
देशमा विकास छैन जनता वेरोजगार भएपछि,
चर्कानारा लगाउने उनलाई औतार हुँदै आयो।

CP Hospital Dhangadhi

॥१॥

रङ्गिन भयो जीवन तिमि हमसफर बनेपछि,
तिम्रो हाम्रो यो धर्तीमा एउटै डगर बनेपछि।
nawajiwan
लिएर प्रकाश अर्कैका लागि उदाउंछ सुर्य,
मिसिन्छन् विचार शङ्घर्षको रहर बनेपछि।
अब त्यो एउटा झिल्कोले डढाइदिन्छ जहाँ,
तिम्रो मेरो सधैभरी उज्यालो अधर बनेपछि।
कोही कहाँ जन्मिन्छ र कोही कहाँ हुर्कियो,
कहाँहुन्थ्यो मिलाप हाम्रो वेखबर बनेपछि।
अंध्यारो जीवनमा जुनको प्राकश उदाएर,
सितल्ता महसूस् भयो मनमा घर बनेपछि।
मिल्नुभन्दा पहिले बिछोड भएको देखेकै हु,
प्रितभन्दा मनभित्र धनको असर बनेपछि।

॥२॥

जसले उठायो बिडा संसार बदल्ने,
विश्वमै व्यवस्थाको आधार बदल्ने।
श्रमिक सबैले बनाएको व्यवस्था
शोषण र दमनको व्यवहार बदल्ने।
वर्गशङ्घर्ष थालेका उनैले रूसमा,
गरे सङ्कलप त्यो सरकार बदल्ने।
Attariya Hospital
मानो र छानोको पनि गराए जुगाड,
उनैले गरे अठोट् अत्याचार बदल्ने।
नकुनै हौस धन्मान् नकुनै गरिब हौं,
दुनियाँमै पसिनाको व्यापार बदल्ने।
उठाई हतियार ती श्रमजीविहरू ले,
खाए कसम जारको दरबार बदल्ने।
॥३॥
गरिबको गास खोस्यो र बास जलाएर के देखायो,
भ्रष्टाचारी तस्कर खै गरिबलाई समाएर के देखायो।
अचेल सिमानामा सक्ताई भएको छ भन्छन् सबैले,
पाँच किलो चिनी ल्याउँनेलाई सताएर के देखायो।
अतिक्रमण गर्नु पक्कै पनि गलति हो हटाउँनै पर्छ,
मकै पोलेर जीवन निर्वा गरेका धपाएर के देखायो।
देशभित्र सस्तो मिल्थ्यो त को जान्थ्यो सिमा पारी,
उत्पादन गर सरकार प्रतिबन्द लगाएर के देखायो।
भ्रष्टाचारको जरो छोप पुच्छुरमै छोप्छौ यार वेकार,
निर्दोश माथि सरकारले लाठी बर्साएर के देखायो।
आफ्नो देश आफै बनाउ अब त विदेशी नबोलाउ,
अंग्रेज साम्राज्यवादलाई देश भित्राएर के देखायो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८