सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital
देखियो शिक्षा फ्री सरकार तिम्रो घोषणा,
नीजिकर्णमा रहेछ तैयार तिम्रो घोषणा।
CP Hospital Dhangadhi
विद्यालय ब्यवस्थापन र अभिभावकलाई,
लडाउन तयार हुने आधार तिम्रो घोषणा।
फ्रीमै पढाइ हुन्छ भन्छ पठाउँदैन शिक्षक,
के बुझाउँछ यस्तो व्यवहार तिम्रो घोषणा।
nawajiwan
Attariya Hospital
सुकुम्बासीहरू पनि लडेका छन् कहाँगयो,
मानो छानोको त्यो शानदार तिम्रो घोषणा।
भ्रष्टाचार खत्म पार्ने कसम खाएको थ्यौ,
जनताले गर्दैछन् इन्तिजार तिम्रो घोषणा।
तिमिले सफाइ दिनपर्दैन के भन्यौँ भनेनौँ,
प्रत्यक्ष देखेकै छन् संरसार तिम्रो घोष्णा।

॥१॥

तपाँईहरूले कुरा नबुझेर दिक्दार हुनगयो,
वास्तवमै यो हार जितको आधार हुनगयो।
पहिले त ठानेको थिएं ऊ मेरो घनिष्ट मित्र,
आज प्रष्ट दुश्मनको उही अनुहार हुनगयो।
फुर्तिलो थिएं चुस्त र दुरूस्त थिएँ कुनैदिन,
आलोचक नहुँदा मष्तिक बिमार हुनगयो।
साथि यो हार पनि त्यसैको परिणाम रहेछ,
हजुरको म माथि कृपया लगातार हुनगयो।
समर्थनलाई समर्थन र बिरोध ठिक होइन,
जीत हारका कारण त्यही अनुसार हुनगयो।
ऊ पटक पटक गलति गर्छ इश्वरको नाउमा,
केथाहा रोग कहाँछ कहाँ चिरफार हुनगयो।
॥२॥
दु:ख सुख्ख घाम छायांको सधैं आभास भए,
मानिस सचेत हुन्छन् शिक्षा समेत खास भए।
ठोक्करले दिन्छ शिक्षा,भोकले देखाउंछ बाटो,
कसरी चल्छ यो श्रृष्टि नै कामको उपहास भए।
देशमा शान्ति आव़स भन्छन् असान्त मनहरू,
कसरी आउंथ्यो प्राण आफै जिउंदा लाश भए।
बिग्रिए सप्रिन्छ भत्किए बन्छ सकारत्मकताले,
तर जीवित कसरी हुनसक्छ यो सत्यनाश भए।
ऊ सङ्ग धेरै उमिद थियो जनताको तर केथाहा,
देशमा निखार कसरी आउंछ विदेशी दाश भए।
तिमिले भन्छौं हाम्रो उपहास नगर्नु कसैले पनि,
हांसो त लागि हाल्छ यार नजिकै तमास भए।
॥३॥
स्वास्थ रहन जसरी योग गर्नुपर्छ सफर जीवनमा,
पुरागर्न पनि त परिश्रम गर्नैपर्छ यो रहर जीवनमा।
हांसौं नाचौं स्वास्थ भई बाचौं अमूल्य जिन्दगिहो,
तिमि मुस्कुराए फूल झैं खिलेका अधर जीवनमा।
परिश्रम अनुसाशनले मानवताको परिचय दिन्छ,
त्यसैले जन्माउंछ सधैं शान्तिको खबर जीवनमा।
सांच्चै दुश्मनपनि त धरासाही भयो बलियो देखी,
अवश्य देख्ने छौं हामी योगाको असर जीवनमा।
आउ र समयलाई चिन हाम्रो आवहान यत्ती त हो,
निस्वार्थ विचार अटल उस्तै धर्ती सगर जीवनमा।
हामि स्वास्थ छौं र सबैको मायालु छौं समाजभित्र,
सबैको साथ सहयोग बाट कट्छ अक्कर जीवना।
सुरेशकुमार पाण्डे दाङ घोराही १८