परिपक्व रे

Image
Nisarga Hospital

३५ वर्षसम्म देशमा सुशासनसम्म ल्याउन नसक्ने चाहिँ “परिपक्व नेता, परिपक्व दल” रे।
३५ वर्षसम्म संसदमा किचलो मात्रै गर्ने, घम्साघम्सीमा उत्रिने “परिपक्व दल” रे।
३५ वर्षसम्म देशलाई दूरगामी असर गर्ने सन्धि–सम्झौता गर्नेहरू “परिपक्व” रे।
देशका विश्वविद्यालयहरू, कर्मचारीतन्त्र र संस्थाहरूमा अनावश्यक राजनीति घुसाएर सिस्टम नै हाइज्याक गर्नेहरू “परिपक्व” रे।
संसदमा विपक्षीको माइक्रोफोन काट्नेहरू पनि “परिपक्व” रे।
मिलीजुली अरबौंको भ्रष्टाचार गर्ने, मान्छे बेचबिखनसम्ममा सेटिङ मिलाउनेहरू पनि “परिपक्व” रे।
न्यायालयसम्म आफ्नै घरबाट चलाउने शैली अपनाउनेहरू पनि “परिपक्व” रे।
गमक्कको दौरा–सुरुवाल लगाएर, चिटिक्क कपाल कोरेर बस्नेहरू मात्रै “परिपक्व” भइने भए त देश आज यो अवस्थामा पुग्दैनथ्यो होला।

CP Hospital Dhangadhi
Attariya Hospital

✍️ उमेश सिंह साउद संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हुन्।

nawajiwan