
म कर्म गर्छु म सत्य बोल्छु।
म इमानदार छु म अन्याय फाल्छु।

मेरो असल काम गर्ने पारा हो।
मेरो चाकरी प्रथा फाल्ने नारा हो।
मलाई झुठो कुरा मन पर्दैन।
मलाई लुट र भष्ट्रचार मन पर्दैन।


म गफ नदिने कामले बोल्छु।
म आफ्नो काममा विश्वास गर्छु।
मान चाहिएन शान पनि चाहिदैन।
परोपकार नसोचे सुख पाइदैन्।
✍️ कैलाश तिवारी, शिक्षक
































