अब फेसबुक र इन्स्टाग्राम चलाउन पैसा तिर्नु पर्ने ! मेटाले ल्यायो नयाँ प्रिमियम योजना

Image
Nisarga Hospital

सामाजिक सञ्जाल कम्पनी मेटाले विज्ञापनमा मात्र निर्भर रहने मोडेलबाट बाहिर निस्कँदै फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपका लागि नयाँ सशुल्क सब्सक्रिप्शन योजना ल्याउने तयारी गरेको छ। कम्पनीले प्रयोगकर्तालाई प्रिमियम अनुभव, विशेष फिचर्स र अतिरिक्त पहुँच उपलब्ध गराउन मासिक शुल्क लिने रणनीति अघि बढाएको हो।

CP Hospital Dhangadhi

नयाँ योजनाअनुसार इन्स्टाग्राम प्लस र फेसबुक प्लसको मासिक शुल्क ३.९९ डलर तथा ह्वाट्सएप प्लसको २.९९ डलर तोकिएको छ। ह्वाट्सएप प्लस प्रयोगकर्ताले कस्टम थिम, विशेष रिंगटोन, प्रिमियम स्टिकर र धेरै च्याट पिन गर्ने सुविधा पाउनेछन्।

त्यस्तै, इन्स्टाग्राम प्लसमा स्टोरी पुनः कति पटक हेरियो भन्ने जानकारी, भ्युअर्स लिस्टमा नदेखिई स्टोरी हेर्न सकिने, २४ घण्टाभन्दा बढी स्टोरी राख्न मिल्ने र स्टोरीलाई ‘स्पटलाइट’ गर्ने सुविधा उपलब्ध हुनेछ। साथै एनिमेटेड रियाक्सन, कस्टम आइकन र विशेष फन्टसमेत समावेश गरिएको छ।

nawajiwan
Attariya Hospital

मेटाले एआई केन्द्रित ‘मेटा वन’ योजना पनि सार्वजनिक गरेको छ। तस्बिर तथा भिडियो निर्माणका लागि ‘मेटा वन प्लस’ र उच्च प्रयोग सीमासहित ‘मेटा वन प्रिमियम’ योजना ल्याइएको छ। क्रिएटर र व्यवसायीहरूका लागि अलग प्रिमियम सेवा समेत उपलब्ध गराइनेछ।

मेटाको यो कदमले भविष्यमा सामाजिक सञ्जालहरू क्रमशः सशुल्क मोडेलतर्फ जाने संकेत स्पष्ट देखिएको छ।