
मुल्याङ्कन गरौँ पुत्र नै वेइमान भएपछि,
कस्को केलाग्छ ऊ आफै उखान भएपछि।

अश्मिता कसरी जोगिन्छ मात्रृत्वको आज,
पुत्र आफै यो दलालिमा योगदान भएपछि।
सुनिन्छ नयाँ नयाँ कुरा अँझ बाँकी छ सुन्न,
ग्रहाक आउने नै भए घरै दोकान भएपछि।

कसरी शान्त हुनसक्छ नागरिकहरू आज,
आफ्नै मन्भित्रमा अनेकौं तुफान भएपछि।
बोल्दा लर्कियो जिव्रो वा झल्कियो भावना,
यस्तो त हुँदैनथ्यो मात्रृत्वनै परान भएपछि।
॥१॥
पक्कैपनि म सबैको लागि असल हुन सकेन,
अटल छु तर जीवनमा दल बदल हुन सकेन।
गाउँको जिन्दगी सबैभन्दा राम्रो हुन्छ बुझे सि,
उत्पादनका लागि गाउँमा मलजल हुनसकेन।
नागरिकको मायाँ चाहिन्छ राष्ट्र हुनका लागि,
नागरिक भएपनि देशभक्ति अटल हुनसकेन।
स्वाभिमानी भएर जिउन सजिलो छैन साथि,
कसरी हुन्छ जो शङ्घर्षमा सफल हुनसकेन।
हुन्छन् दिनलाई रात भन्ने र रातलाई दिनभन्ने,
तर आफूबाट त्यस्तो नराम्रो पहल हुनसकेन।
सरकार त राणा देखि स्वतन्त्र भन्नेपनि आयो,
देश सधैँ ऋणि तर विकासको भल हुनसकेन।
॥२॥
आयो जनताको सिरमा फेरी खास ऋणको भार,
यो नेपाली जनतालाई बनायो दाश ऋणको भार।
छैन आयश्रोत र गर्छन् निर्यात युवा संसारभरिमा,
लगाएर न देखाउन सरकार तमास ऋणको भार।
बचेट आयो छलफल होला ठिक बेठिक यसमा,
भत्काई घर उन्का बनाउन आवास ऋणको भार।
जनतालाई चाईयो रोजगार देशलाई विकास यहां,
हेर नागरिकलाई लगाउन उठिबास ऋणको भार।

युवालाई खाडीमा वेघर भए सुकुम्बासी देशका,
यहि त हो सरकार भएको अहसास ऋणको भार।
खोसिन्छ छाक बास सुन्दैनन् पुकार खै गरिबको,
आउ छ सधैं भागमा दु:खको रास ऋणको भार।
॥३॥
देशका जनताहरूको अब एउटै ताल हुनुपर्छ,
कुन देशका नागरिक हौं यस्तै सवाल हुनुपर्छ।
भ्रष्टाचारी को हो को निर्दोश छुट्टाउ त्यो पनि,
जनताको रक्षा गर्न हामी आफै ढाल हुनुपर्छ।
सरकार असुरक्षित छ देश अब सचेत बनौं,
सिमानाहरूमा पनि बलियो पर्खाल हुनुपर्छ।
सुकुम्बासीको टहरा भत्कायौं मान्छे नमानी,
ओट लाग्ने छानो बाचन चामल दाल हुनुपर्छ।
हुकूमबासीको केही बिग्रिएन भ्रष्टाचार उस्तै,
ऋण लिएर ऋण तिर्दा देशनै कङ्गाल हुनुपर्छ।
हिंजोआज कसको कुदृष्टी पर्यो हाम्रो देशमा,
यस्तो चाला त कुनै विदेशी सञ्जाल हुनुपर्छ।
॥४॥
दिनौं दुर्घटना हुन्छन् सरकार ऋण लिन्छ,
सडक बनाउँछु भन्छ लगातार ऋण लिन्छ।
आटो छैन पेटभरी खाने उनैका टहरा ढाल्दै,
बसेर सिहँदरवार र बालुवाटार ऋण लिन्छ।
किन यस्तो हुन्छन जनविरोदी ताकत यहाँ,
आउँछ र विदेशीको बफादार ऋण लिन्छ।
खोला सुकाए र बगर बिकाए अबस्था उस्तै,
भन्छन् देश चल्दैन भयो बिमार ऋण लिन्छ।
अब के भनौं के गरौं अबस्था जटिल देख्दा,
छैन उत्पादन पसिनाको ब्यपार ऋण लिन्छ।
के गरौं कहाँ हामी जाउँ आफ्नो देश छाडी,
शासकको सहिनस्कनु ब्यवहार ऋण लिन्छ,
सुरेशकुमार पाण्डे दाङ घोराही १८
































