रास्वपा सुदूरपश्चिममा नेतृत्व प्रतिस्पर्धा तीव्र, प्रदेश सभापतिका लागि तीन मुख्य दाबेदार

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश समितिको नेतृत्व चयनका लागि राजनीतिक गतिविधि तीव्र बनेको छ। असार १ गते हुने पहिलो प्रदेश अधिवेशन नजिकिँदै जाँदा सभापति पदका लागि प्रतिस्पर्धा चर्किएको हो।

CP Hospital Dhangadhi

प्रदेश सभापति पदका प्रमुख दावेदारमा वर्तमान सभापति ई. प्रकाश बिष्ट, प्रतिनिधिसभा सदस्य केपी खनाल र सञ्चार उद्यमी जनकराज पन्त रहेका छन्। उनीहरूले संगठनलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री र जनउत्तरदायी बनाउने प्रतिबद्धता जनाएका छन्।

वर्तमान सभापति बिष्टले पार्टी स्थापना कालदेखि संगठन विस्तारमा आफ्नो योगदान उल्लेख गर्दै निरन्तरताको पक्षमा मत मागिरहेका छन्। उनले सुदूरपश्चिमका सबै जिल्लामा संगठनलाई थप सुदृढ बनाउने योजना प्रस्तुत गरेका छन्।

nawajiwan
Attariya Hospital

त्यस्तै सांसद खनालले प्रदेश संगठनलाई राष्ट्रिय नेतृत्वसँग प्रभावकारी रूपमा जोड्दै जनताको मुद्दा सशक्त ढंगले उठाउने नेतृत्व आवश्यक रहेको बताएका छन्। अर्का दावेदार पन्तले सञ्चार क्षेत्रको अनुभवलाई संगठन निर्माणमा उपयोग गर्दै युवालाई पार्टीसँग जोड्ने लक्ष्य राखेका छन्।

अधिवेशनमार्फत प्रदेश सभापति, उपसभापति लगायत नेतृत्व चयन गरिनेछ। सहमति वा निर्वाचनमार्फत टुंगो लाग्ने विषयमा अन्तिम निर्णय हुन बाँकी छ। पहिलो प्रदेश अधिवेशन भएकाले यसलाई रास्वपाले संगठन विस्तारको महत्वपूर्ण चरणका रूपमा लिएको छ।