सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital
कसैको सधैँ सहारा बनौं त्यही खास हुनेछ,
जिन्दगिभरी जहाँ रातपर्छ त्यही बास हुनेछ।
CP Hospital Dhangadhi
कसैको काम न आउने मानिस हुन्छन् कहा,
जान्ने मान्ने भएपनि त्यो जीउँदो लास हुनेछ।
अनौठा कुरा हुन्छन् हाम्रा कथा जिन्दगिका,
रमाइलो धेरै गर्दा नि आफ्नै उपहास हुनेछ।
nawajiwan
छानेर पठाउँछौँ सरकार बनाउन सदनमा,
केथाहा त्यहाँ पुगेर विदेशीको दाश हुनेछ।
आजीवन क्रान्तिका लागि पसिना पोखेका,
अन्दाज थिएन बलिदान नै सत्यनाश हुनेछ।

॥१॥

जनतालाई के मिल्यो सरकार उपहार भन,
तिमिलाई पठाएको किन हो सरकार भन।
कहिले बाटो बिरायौ कहिले बोली बिरायौ,
किन समाजमा पार्छौ तिमि यो दरार भन।
लडाई गराउंछौ देश नै पार्छौ खरानी सधैं,
किन नगरौं तिमिलाई जनता खबरदार भन।
देशका जनता चाहान्छन् देशमा शान्ति सधैं,
त्यो कसरि हुन्छ देशभित्र अब आधार भन।
हाम्रो देशमा लडाई उस्तै छ झांक्री र बोक्सि
कहाँबाट कहाँ पुगेको छ मानव संसार भन।
हिंजो आज देशमै सबथोक अनिकाल भयो,
कहिले हुन्छ विकास र समानता व्यपार भन।

॥२॥

विचारले होइन चिन्ने व्यवहार देखाए,
अवश्य चिन्नेछु केही आधार देखाए।
लुट्नेहरू नि धर्मात्मा बनेका हुन्छन्,
छुट्टाउन सकिन्छ थोरै संसार देखाए।
किनहुन्छ मेला यो गरिबको बस्तिमा,
सबै कायल हुँदैनन् औजार देखाए।
Attariya Hospital
चिन्न गारो हुँदैन व्यवहार आइना हो,
जुन आएपनि आफ्नै सत्कार देखाए।
मलाई लाग्छ उसैको चोट हो हृयामा,
अँझैपनि उहि खाटो यादगार देखाए।

॥३॥

नाम बदलेपछि कामबिना सुधार हुने,
सपना देख्छन् उनैले नयाँ साभार हुने।
जस्ले भाँचेन सिन्को उहि क्रान्तिकारी,
क्रान्तिका कुरा सपना छ साहुकार हुने।
कती दुःखलाग्छ बनाएकै घर भत्किँदा,
बाटो खोज्दैछन् हेर सन्तान् गद्दार हुने।
जीवनभरि मागिरहने भिखारी बनायो,
उसैले बुन्छ जाल भित्रभित्रै दरार हुने।
अब त नयाँ प्रबिधी सुरू भयो घरबाटै,
छिटो जो कोहि दुश्मनको हतियार हुने।
सौदागर भेटिन्छन् गल्ली बाजार भित्र,
छ कसैलाई इच्क्षा साँच्चै व्यापार हुने।
सुरेशकुमार पाण्डे दाङ घोराही १८