
सरकार स्वाथय बिमा पनि कति भारी भएछ,
हेर्दाहेर्दै ससरकारको बन्द गर्ने तैयारी भएछ।
एक लाखको औषधि को दिन्छ पैंतिस सयमा,
मन्त्री उपचार गराउन विदेशमा सवारी भएछ।
कर रेमिटेंसमा जनताको अधिकार कहा हुन्थो,
त्यो साच्चै मन्त्रीहरूकै लागि मात्र जारी भएछ।
श्रम सम्झौता हुन्छन् विदेशबाट आउंदैनन युवा,
मज्दुर निर्यात गर्ने यो पनि उस्तै व्यपारी भएछ।
चिन्ता नलिनुहोस बल्ल त लाख नाग्यो भागमा,
अरू सार्वजनिक ऋण थाप्ने समझ्दारी भएछ।
जनतालाई सुबिधा दिने त ठेक्का लिएका छैनौं,
मन्त्रीकै उपचार गर्दा बिमा आफै बिमारी भएछ।

॥१॥

जब यो देशमा विदेशीको चासो खास हुनथाल्यो,
नागरिकहरूको दु:खको साच्चै रास हुनथाल्यो।
विचार गर्दा जब नेताहरू भए विदेशीका दलाल ,
दुनियाभरीमा हाम्रो अधिक उपहास हुनथाल्यो।
आफ्नै बाबा अंग्रेजको बिरोधमा लडेको थाहा छ,
मित्रतामा दिएको त्याग पनि सत्यनास हुनथाल्यो।
हामि राजनीति कस्का लागि गर्ने केका लागि गर्ने,
सदियौं स्वतन्त्र यो देश पनि अब दाश हुनथाल्यो।
मित्र संधि सम्झौताले यो देशलाई बर्वाद पारेकै छ,
विकास नहुंदा युवाहरूको बाहिरै बास हुनथाल्यो।
हामिले महफीलमा सकेनौं मित्रको मन जित्न तर,
देशको राजनीति विश्वकै लागि तमास हुनथाल्यो।

॥३॥
आज मेरै दुश्मनले पनि मेरो सरोकार लिएर आयो,
चुनाव हारेको सुनेछ गुल्दस्ता उपहार लिएर आयो।
बा आमा आफ्नै उपचारका लागि धनको जोहमा,
परदेशबाट हेर छोरा मरेको समाचार लिएर आयो।
पिडा माथि पिडा नै थपिंन्छ नेपाली सन्तान माथि,
यही सरकारले पनि विदेशी बफादार लिएर आयो।
सबै कमाईले छोरा पढाएं ऋण लिई पठाएं विदेश,
आज वृद्धाश्रम पुगें ऊ नयां संस्कार लिएर आयो।
बुहारी पनि गाबिनी आइछन् एउटा छोरा सगैं लिई,
छोरा नि मख्ख छ घरमा नयां औतार लिएर आयो।
पुर्खाले दिएकै बिरासत तास छाङ्गले थला पर्यो देश,
सरकारले पनि यो सङ्घीयता बिमार लिएर आयो।
॥४॥
































