अब सिम हराए लाइन बस्नुपर्दैन, नेपाल टेलिकमको नयाँ अनलाइन सेवा सुरु

Image
Nisarga Hospital

नेपाल टेलिकमले सिमकार्ड हराउने वा बिग्रिने सेवाग्राहीका लागि नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको छ। शुक्रबारदेखि लागू भएको यस सेवामार्फत फिजिकल सिम वा ई-सिम हराए वा बिग्रिएमा ग्राहकले घरमै बसेर अनलाइन आवेदन दिएर नयाँ सिम प्राप्त गर्ने प्रक्रिया सुरु गर्न सक्नेछन्।

CP Hospital Dhangadhi

टेलिकमका अनुसार सेवाग्राहीले esim.ntc.net.np पोर्टलमा लगइन गरी Apply for Lost/Damaged SIM’ विकल्पमा क्लिक गरेर आवश्यक विवरण भर्नुपर्नेछ। आवेदन पूरा भएपछि ग्राहक स्वयं वा फारममा उल्लेख गरिएको प्रतिनिधिमार्फत सम्बन्धित टेलिकम काउन्टरबाट नयाँ सिम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

Attariya Hospital

नयाँ सिम लिन ५० रुपैयाँ शुल्क लाग्नेछ, जुन काउन्टरमै बुझाउनुपर्नेछ। यदि प्रतिनिधिमार्फत सिम लिनुपर्ने भए प्रतिनिधिको नाम आवेदनमै उल्लेख गर्नुपर्नेछ र उनले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राखेर यो व्यवस्था गरिएको टेलिकमले जनाएको छ।

nawajiwan

यसै पोर्टलमार्फत हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम लिनुका साथै नयाँ प्रिपेड ई-सिम प्राप्त गर्ने, फिजिकल सिमलाई ई-सिममा रूपान्तरण गर्ने, नयाँ फिजिकल सिम लिने तथा ग्राहकको केवाईसी (KYC) विवरण अद्यावधिक गर्ने सुविधा पनि उपलब्ध रहेको नेपाल टेलिकमले जनाएको छ। नयाँ सेवाले सिम प्रतिस्थापन प्रक्रियालाई थप सहज, छिटो र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।

# ट्रेण्डिङ