५.३ सेकेन्डमै ८०० किमि प्रतिघण्टा! चीनले फेरि तोड्यो म्याग्लेभ रेलको विश्व कीर्तिमान

Image
Nisarga Hospital

चीनले चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने म्याग्लेभ रेल प्रविधिमा फेरि विश्व कीर्तिमान कायम गरेको छ। प्रयोगात्मक म्याग्लेभ ट्रेनले शून्यबाट ८०० किलोमिटर प्रतिघण्टाको गति मात्र ५.३ सेकेन्डमा हासिल गर्दै आफ्नै पुरानो कीर्तिमान तोडेको हो। पछिल्लो ६ महिनामा चीनले यस प्रविधिमा तेस्रो पटक आफ्नै रेकर्ड सुधार गरेको हो।

CP Hospital Dhangadhi

चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार हुबेईस्थित डोङ्हु प्रयोगशालाको एक किलोमिटर लामो परीक्षण ट्र्याकमा एक हजार १०० किलोग्राम तौलको रेल परीक्षण गरिएको थियो। परीक्षणका क्रममा रेल ८०० किलोमिटर प्रतिघण्टाको उच्चतम गतिमा पुगेपछि थप २०० मिटरभित्रै सुरक्षित रूपमा रोकिएको थियो। यसले उच्च गतिको नियन्त्रण र आपत्कालीन ब्रेक प्रणालीको क्षमता पनि देखाएको अनुसन्धानकर्ताले बताएका छन्।

Attariya Hospital

म्याग्लेभ अर्थात् ‘म्याग्नेटिक लेभिटेसन’ प्रविधिमा चुम्बकीय शक्तिले रेललाई ट्र्याकभन्दा माथि तैराउँछ। पाङ्ग्रा र ट्र्याकबीच प्रत्यक्ष घर्षण नहुने भएकाले परम्परागत रेलभन्दा निकै उच्च गति हासिल गर्न सकिन्छ।

nawajiwan

हाल चीन र जापानमा सञ्चालनमा रहेका व्यावसायिक म्याग्लेभ रेलको गति करिब ३२० देखि ३५० किलोमिटर प्रतिघण्टा छ। नयाँ प्रविधि भने तत्काल यात्रु ओसारपसारका लागि नभई भविष्यमा रकेट तथा लडाकु विमान प्रक्षेपण प्रणाली र भ्याकुम–ट्युब ट्रेन विकासमा प्रयोग गर्ने लक्ष्य राखिएको छ। यद्यपि यसको व्यावसायिक प्रयोगमा पूर्वाधार लागत र सुरक्षाका चुनौती अझै कायम छन्।