बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन स्टारलिङ्क तयार

Image
Nisarga Hospital

इलोन मस्कको भू–उपग्रहमा आधारित इन्टरनेट कम्पनी स्टारलिङ्कले नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन तयार रहेको जनाएको छ। शनिबार सामाजिक सञ्जाल एक्समार्फत कम्पनीले नेपाल सरकार तथा मानवीय सहायता निकायलाई सहयोग गर्न उपकरण पठाउने र निःशुल्क सेवा उपलब्ध गराउने घोषणा गरेको हो।

CP Hospital Dhangadhi

कम्पनीका अनुसार सरकारबाट अनुमति प्राप्त हुनासाथ सेवा सञ्चालन गर्न सकिनेछ। बाढीपहिरोका कारण सडक, पुल तथा मोबाइल नेटवर्कमा क्षति पुगेको अवस्थामा स्टारलिङ्कको सेवा उद्धार तथा राहत कार्यका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

Attariya Hospital

यसबाट बेपत्ताको खोजीमा खटिएका उद्धार टोली, घाइतेको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा सम्पर्कविहीन आफन्तसँग जोडिन चाहने परिवारलाई प्रत्यक्ष लाभ पुग्ने कम्पनीले जनाएको छ।

nawajiwan

स्टारलिङ्कका अनुसार उपकरण बक्सबाट निकालेको केही मिनेटमै जडान गरी इन्टरनेट सञ्चालन गर्न सकिन्छ। सेवा सञ्चालनका लागि विद्युत् आपूर्ति र उपकरणले सिधा देख्ने खुला आकाश आवश्यक पर्ने कम्पनीले जनाएको छ। अनुमति पाएपछि प्रभावित क्षेत्रमा तत्काल सेवा विस्तार गर्न सकिने बताइएको छ।