बझाङमा भाइरल ज्वरोको प्रकोप बढ्रदै , साइपालदेखि सदरमुकामसम्मका घरैपिच्छे बिरामी, बालबालिका बढी प्रभावित

Image
Nisarga Hospital

बझाङ जिल्लाभर भाइरल ज्वरोको प्रकोप तीव्र रूपमा फैलिएको छ। जिल्लाका सुगम देखि दुर्गम क्षेत्रसम्मका नागरिकहरू यो समस्याबाट ग्रसित भएका छन्। जिल्लाकै सबैभन्दा दुर्गम मानिने साइपाल गाउँपालिकामा समेत यसको कडा असर देखिएको छ । स्थानीय बासिन्दाका अनुसार साइपाल–३ का काया, लासी, र माझलासी गाउँका अधिकांश घरका सदस्यहरू एकैसाथ बिरामी परेका छन ।

CP Hospital Dhangadhi

अहिले जिल्लाका विभिन्न पालिकाहरूमा ज्वरो आउने, खोकी लाग्ने, हातखुट्टा दुख्ने र शरीर अत्यधिक कमजोर हुने लक्षण भएका बिरामीहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ । बिरामीहरू उपचारका लागि दैनिक रूपमा नजिकैका स्वास्थ्य संस्था, मेडिकल र जिल्ला अस्पताल पुग्ने गरेका छन् ।
जिल्ला अस्पताल बझाङ र स्थानीय मेडिकलहरूमा मात्रै दैनिक १५ देखि ३० जनासम्म भाइरल ज्वरोका बिरामीहरू उपचारका लागि आउने गरेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । यस प्रकोपबाट सबैभन्दा बढी बालबालिकाहरू प्रभावित भएका छन् । अस्पताल आउने बिरामीहरूमा बालबालिकाको संख्या अधिक रहेको स्वास्थ्य संस्थाको तथ्याङ्कले देखाउँछ । मौसममा आएको परिवर्तन र भाइरल संक्रमणका कारण यो समस्या फैलिएको हुन सक्ने अनुमान गरिएको छ

Attariya Hospital

जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका अनुसार मौसममा आएको अचानक परिवर्तन (वर्षा र चिसो) तथा दूषित पानीको प्रयोगका कारण यो संक्रमण छिटो फैलिएको बताएका छन् ।। डाक्टर सन्दिप ओखेडाका अनुसार भाइरल ज्वरो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले एउटै घरका धेरै सदस्यहरू एकैपटक बिरामी परेका हुन्। बालबालिका र वृद्धवृद्धामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरूमा संक्रमणको असर बढी देखिएको उहाको भनाइ छ । केही बिरामीहरूमा ज्वरोसँगै निमोनियाको लक्षण समेत देखिन थालेकाले स्वास्थ्य संस्थामा बेलैमा जँचाउन डाक्टरहरूले आग्रह गरेका छन्।

nawajiwan

भाइरल ज्वरो आफैँमा केही दिनमा निको हुने भए तापनि यो समयमा बिरामीले पूर्ण रूपमा आराम गर्नुपर्ने,झोलिलो पदार्थको सेवन गर्न, जथाभाभी एन्टिबायोटिक नखान, सरसफाइ गर्न स्वास्थ्यकर्मिले सुझाब दिएका छन् ।