धनगढीमा मापसे चेकिङमा खटिएका तीन प्रहरीलाई मोटरसाइकलले ठक्कर

Image
Nisarga Hospital

धनगढीमा मादक पदार्थ सेवन (मापसे) चेकिङमा खटिएका तीन प्रहरी कर्मचारीलाई मोटरसाइकलले ठक्कर दिँदा उनीहरू घाइते भएका छन्।

CP Hospital Dhangadhi

बुधबार राति धनगढी उपमहानगरपालिका–२ स्थित पेट्रोल पम्पनजिक से ३ प ८९५० नम्बरको मोटरसाइकलले चेकिङमा खटिएका प्रहरीलाई ठक्कर दिएको हो।
दुर्घटनामा प्रहरी हवल्दार राधिका कुमारी शाही, उज्वलसिंह साउँद र प्रहरी सहायक हवल्दार कमला खत्री घाइते भएका छन्। उनीहरूको नवजीवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

दुर्घटनापछि मोटरसाइकल चालक कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का २३ वर्षीय आशिष चौधरी र पछाडि सवार कैलालीको बर्दगोरिया गाउँपालिका–६ का १७ वर्षीय समीर चौधरीलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Dhnagadhi & Krishanapur