बझाङको विकासका लागि नेकपा (एमाले)का प्रमुख सचेतक महरको सक्रियता टेलिकम र सडक स्तरोन्नतिका लागि विशेष पहल

Image
Nisarga Hospital

बझाङः प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक ऐन बहादुर महरले बझाङ जिल्लाका विभिन्न स्थानमा रहेको मोबाइल नेटवर्क र इन्टरनेट सेवाको गम्भीर समस्या समाधानका लागि नेपाल टेलिकमसँग विशेष पहल सुरु गर्नुभएको छ।

CP Hospital Dhangadhi

महरले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी अर्यालसँग नेपाल टेलिकमको केन्द्रीय कार्यालय, भद्रकालीमा भेटघाट तथा छलफल गर्नुभएको हो। छलफलका क्रममा उहाँले बझाङका नागरिकहरू आजको सूचना प्रविधिको युगमा पनि सञ्चार सेवाबाट वञ्चित हुनुपरेको र इन्टरनेटको अभावमा दैनिक कामकारबाहीमा कठिनाइ भइरहेको भन्दै पत्र समेत हस्तान्तरण गर्नुभयो।

भेटघाटका क्रममा हाल बझाङमा ३१ वटा टावरबाट सेवा प्रवाह भइरहेकोमा छिट्टै १७ वटा टावर थपिने प्रबन्ध निर्देशक अर्यालले प्रतिबद्धता व्यक्त गर्नुका साथै , सांसद महरले जिल्लाको भूगोल र आवश्यकतालाई ध्यानमा राख्दै थप २५ वटा टावर निर्माण गर्न आग्रह गर्नुभएको छ । आवश्यक टावरहरू कुन–कुन स्थानमा राख्ने भन्नेबारे सिफारिस उपलब्ध गराउन प्रबन्ध निर्देशकले आग्रह गदै दसैँ लगत्तै नयाँ टावर निर्माण प्रक्रिया सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ,

nawajiwan

बझाङ जिल्लाभर प्रभावकारी र गुणस्तरीय सञ्चार सेवा विस्तारका लागि उपयुक्त स्थानहरू पहिचान गर्न माननीय ऐन बहादुर महरले हाल सञ्चालनमा रहेका टावरहरू मध्ये कुन–कुन ठाउँमा कमजोर सिग्नल वा नेटवर्क कभरेज नहुने समस्या छ? टावर निर्माण सम्पन्न भएर पनि अझै सञ्चालनमा नआएका ठाउँहरू कहाँ–कहाँ छन्? अब नेटवर्क सुधारका लागि नयाँ टावरहरू थप्नुपर्ने सम्भावित आवश्यक ठाउँहरू कुन–कुन हुन्? भन्दै बझाङवासी आम नागरिकहरूलाइ सुझाब दिन सामाजिक सञ्जालबाट आग्रह गर्नुभएको छ ।

Attariya Hospital

केही दिन अगाडी प्रतिनिधि सभा सदस्य महरले जयपृथ्वी राजमार्ग अन्तर्गतको बागथला–चैनपुर सडक खण्ड स्तरोन्नतिका लागि २ अर्ब रुपैयाँ बजेट माग गर्नुभएको छ ।

सार्वजनिक लेखा समिति अन्तर्गतको भौतिक पूर्वाधार, पर्यटन विकास बेरुजु छलफल उपसमितिको बैठक पश्चात् उहाँले सडक विभाग र भौतिक पूर्वाधार मन्त्रालयका उच्च अधिकारीहरूसँग सो बजेट माग गर्नुभएको हो। लेखा समितिकै बैठक कक्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव पदम मैनाली र सडक विभागका महानिर्देशक डा. विजय जैसीको उपस्थितिमा प्रमुख सचेतक महरले उक्त सडक निर्माणको प्रस्ताव अघि सार्नुभएको थियो।

प्रमुख सचेतक महरको माग प्रति मन्त्रालयका सचिव मैनाली र सडक विभागका महानिर्देशक डा. जैसीले सकारात्मक जवाफ दिनुभएको छ ।