जयपृथ्वी नगरपालिकामा एकीकृत विकासका लागि हातेमालो र महिला सशक्तीकरण परियोजनाको पालिका स्तरीय परिचयात्मक बैठक सम्पन्न

Image
Nisarga Hospital

बझाङः जयपृथ्वी नगरपालिकामा एकीकृत विकासका लागि हातेमालो र महिला सशक्तीकरण परियोजनाको पालिका स्तरीय परिचयात्मक बैठक सम्पन्न भएको छ । बिहीबार जयपृथ्वी नगरपालिकाको सभाहलमा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोग जयपृथ्वी नगरपालिकाको समन्वय , प्रगतिशील युवा समाज र दलित सहयोग समाज द्वारा सञ्चालन हुने ‘बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना तथा महिला आर्थिक सशक्तीकरण परियोजना को परिचयात्मक बैठक आयोजना गरिएको हो।

CP Hospital Dhangadhi

बैठकमा परियोजनाको उद्देश्य, कार्यक्षेत्र, आगामी कार्यक्रम तथा पालिका र सरोकारवाला निकायको समन्वयका विषयमा जानकारी गराइएको थियो। परियोजना जयपृथ्वी नगरपालिकाका वडा नं. १, २, ३, ४, ६, ९ र ११ मा सञ्चालन हुने बताइएको छ।

परियोजनाको मुख्य लक्ष्य बालबालिकालाई हिंसाका विभिन्न स्वरूपबाट सुरक्षित राख्दै सुपोषित, शिक्षित तथा सुरक्षित वातावरणमा हुर्कने अवसर सुनिश्चित गर्नु रहेको छ । त्यसैगरी हिंसाबाट सुरक्षित रहन, राम्रो पोषण प्राप्त गर्न, सिकाइका नतिजामा सुधार ल्याउन तथा परिवार र समुदायमा सकारात्मक एवं शान्तिपूर्ण सम्बन्ध विकास गर्न परियोजनाले सहयोग गर्ने जनाइएको छ ।

nawajiwan

बैठकमा परियोजनाको परिचय, एक वर्षमा सञ्चालन गरिने गतिविधि, कार्यान्वयनका प्राथमिकता तथा स्थानीय तहसँगको सहकार्यबारे छलफल गरिएको थियो। प्रगतिशील युवा समाजका कार्यक्रम व्यवस्थापक यज्ञ राज जोशी र दलित सहयोग समाजका कार्यक्रम संयोजक रमेश बहादुर मालीले परीयोजनाहरूको बारे जानकारी गराउनुभएको थियो ।

Attariya Hospital

सहभागीहरूले बालबालिकाको संरक्षण, शिक्षा, पोषण तथा महिलाको आर्थिक सशक्तीकरणका क्षेत्रमा परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका थिए। बैठकमा परियोजना सञ्चालनका लागि आवश्यक समन्वय, सहकार्य र आगामी कार्ययोजनाका विषयमा समेत छलफल भएको थियो।

मन्तव्य राख्दै जयपृथ्बी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनील ठकुल्लाले परियोजनाका गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न नगरपालिका र सम्बन्धित सरोकारवाला निकाय बीच निरन्तर समन्वय आवश्यक रहेको बताउँदै लक्षित समुदाय सम्म कार्यक्रमको प्रभाव पुग्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख रतन बहादुर सिंहले कार्यक्रमले बालबालिकाको संरक्षण, पोषण, शिक्षा तथा महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै नगरपालिकाबाट आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका सभाध्यक्ष तथा दलित सहयोग समाजका कार्यवाहक अध्यक्ष सारदा नेपालीले कार्यक्रममा उठाएका सुझाबहरू मनन गदै अगाडी बढ्ने बताउनुभयो ।