सुदूरपश्चिम प्रदेशसभा बैठक सर्‍यो, दिउँसो ४ बजे बस्ने

Image
Nisarga Hospital

धनगढी: बजेट प्रस्तुत गर्ने कार्यसूचीसहित आज बिहान ८ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो ४ बजे बस्ने गरी सारिएको छ। प्रदेशसभा सचिवालयका प्रवक्ता लक्ष्मीप्रसाद जोशीले बैठकको समय परिवर्तन गरिएको जानकारी दिएका हुन्।

CP Hospital Dhangadhi

प्रदेश सरकारभित्र बजेट बाँडफाँट तथा मन्त्रालयगत बजेट सीमाका विषयमा विवाद हुँदा चालु आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया प्रभावित हुँदै आएको छ। आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना पुग्न लाग्दा पनि प्रदेश सरकारले बजेट ल्याउन सकेको छैन।

बजेटसम्बन्धी विवाद समाधान गरी बजेट शून्यता अन्त्य गर्ने विषयमा मुख्यमन्त्री खगराज भट्टले आज बैठक बोलाएका छन्। बैठकपछि बजेट ल्याउने विषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ।

nawajiwan

यसअघि सर्वोच्च अदालतको कारण देखाऊ आदेशपछि बजेट प्रक्रिया रोकिएको बताइएको थियो। तर, शुक्रबार बजेट विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको थियो। अब प्रदेशसभाबाट बजेट प्रस्तुत गर्ने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।