नवजीवन सहकारीको अत्तरिया शाखा समन्वय समितिको सदस्यमा कडायत मनोनीत

Image
Nisarga Hospital

अत्तरिया :- कैलालीको गोदावरी नगरपालिका-२ मा रहेको लोटस आई माध्यमिक विद्यालयका सञ्चालक तथा प्रबन्ध निर्देशक ध्रुव कडायत नवजीवन सहकारी संस्था लिमिटेडको अत्तरिया शाखा समन्वय समितिको सदस्यमा मनोनीत भएका छन्।

CP Hospital Dhangadhi

शिक्षा क्षेत्रमा सक्रिय कडायतलाई सहकारीको शाखा समन्वय समितिमा नयाँ जिम्मेवारी दिइएको हो। उनको मनोनयनसँगै सहकारीको संस्थागत विकास, सदस्यहरूबीच समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन भूमिका रहने अपेक्षा गरिएको छ।

समन्वय समितिको सदस्यका रूपमा कडायतले सहकारीका सदस्यहरूको सुझाव, आवश्यकता र समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याउन सहजीकरण गर्ने, आपसी सहकार्य बढाउने तथा संस्थाका गतिविधिलाई व्यवस्थित बनाउन योगदान दिन सक्नेछन्। साथै, सहकारीका नीति, नियम र संस्थागत उद्देश्यअनुसार काम गर्दै पारदर्शिता, जवाफदेहिता र सदस्यको हितलाई प्राथमिकता दिनु समितिको महत्वपूर्ण जिम्मेवारी हुनेछ।

nawajiwan

सहकारी संस्थाको प्रभावकारी सञ्चालनका लागि सञ्चालक समिति, कर्मचारी र सदस्यबीच आपसी विश्वास, समन्वय तथा सहकार्य आवश्यक हुन्छ। यसका लागि समितिमा आबद्ध व्यक्तिहरूको सक्रियता र जिम्मेवार भूमिकाले संस्थाको सेवा प्रवाह तथा कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्न सक्छ।

कडायतको नयाँ जिम्मेवारीले सहकारीको संस्थागत गतिविधिमा अनुभव र सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। उनको मनोनयनप्रति शुभचिन्तकहरूले प्रसन्नता व्यक्त गर्दै कार्यकाल सफल, उपलब्धिमूलक र उदाहरणीय रहोस् भनेर शुभकामना दिई रहेका छन्।