एनसेल र सामसङको चाडपर्व अफर: घरायसी उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट

Image
Nisarga Hospital

दसैँ, तिहार र छठको उत्सवलाई थप उल्लासमय बनाउँदै एनसेल र सामसङ नेपालले ग्राहकका लागि विशेष चाडपर्व अफर ल्याएका छन्। दुई कम्पनीबीचको सहकार्यअन्तर्गत एनसेलका योग्य ग्राहकले सामसङका टेलिभिजन, फ्रिज, वासिङ मेसिनलगायत घरायसी विद्युतीय उपकरण खरिद गर्दा ३१ प्रतिशतसम्म छुट पाउने भएका छन्।

CP Hospital Dhangadhi

सामसङले चाडपर्वका अवसरमा उपलब्ध गराउँदै आएको छुटमा एनसेलका ग्राहकले थप १२ प्रतिशतसम्म छुट पाउनेछन्। ग्राहकले लिएको प्याक वा रेन्टल प्याकका आधारमा ५, ८ वा १२ प्रतिशतसम्म अतिरिक्त छुट उपलब्ध हुनेछ। यसबाट ग्राहकले खरिदमा कुल ३१ प्रतिशतसम्म बचत गर्न सक्नेछन्।

यो अफर असोज २२ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ। दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्वलाई लक्षित गरी ल्याइएको यस योजनाले ग्राहकलाई घरायसी उपकरण खरिदमा थप आर्थिक लाभ दिने अपेक्षा गरिएको छ।

nawajiwan

सहकार्यलाई एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा औपचारिकता दिइएको हो।

एनसेलका प्रोडक्ट डाइरेक्टर शारदाले कम्पनीले कनेक्टिभिटी सेवासँगै ग्राहकलाई थप सुविधा र लाभ प्रदान गर्ने उद्देश्यले सामसङसँग सहकार्य गरेको बताए। उनका अनुसार यस योजनाले ग्राहकलाई विश्वासिलो ब्रान्डका उपकरण खरिद गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नेछ।

कसरी लिने छुट?

यो सुविधा लिन ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गएर आफ्नो योग्यता जाँच गर्नुपर्नेछ। योग्य ग्राहकले त्यसपछि नेपालभरिका सहभागी सामसङका आधिकारिक बिक्री केन्द्रमा पुगेर छुटसहित उपकरण खरिद गर्न सक्नेछन्।

एनसेलको देशव्यापी ग्राहक पहुँच र डिजिटल प्लेटफर्मलाई सामसङका उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादन तथा आधिकारिक बिक्री सञ्जालसँग जोड्ने यस सहकार्यले ग्राहकको खरिद अनुभवलाई थप सहज र लाभदायी बनाउने दुवै कम्पनीको अपेक्षा छ।