आजको मौसम : सुदूरपश्चिमसहित हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने पहाडी तथा तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। यसैगरी, हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। पहाडी तथा तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

nawajiwan
pk & Lotus

मौसममा आंशिक परिवर्तन हुन सक्ने भएकाले हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ। विशेषगरी हिमपातको सम्भावना रहेका उच्च हिमाली क्षेत्रमा यात्रा तथा अन्य गतिविधि गर्दा मौसमको पछिल्लो पूर्वानुमानबारे जानकारी लिनु उपयुक्त हुनेछ।

Dhnagadhi & Krishanapur