
जागै आखमा सपना सझाए धेरै राम्रो,
परिश्रमको त्यो बाटो समाए धेरै राम्रो।
हुन्छ शोसक सामन्त मनव उस्तै हुन्छ,
हामी मिलेर दुश्मन् भगाए धेरै राम्रो।
आउ समाज बदलौं हामिले उठौं जुटौं,
धेरै हुनेछन् तयार गरि जुटाए धेरै राम्रो।
देशै भरिका जुटाए जनता धेरै याहा,
देशनै बदल्न हृदय सटाए धेरै राम्रो।
साच्चै रगत दुश्मन्को बगाउ भयो धेरै,
उसैको जाल उसैलाई फसाए धेरै राम्रो।

॥१॥
नरोएर हुन्छ निको नहासेर हुन्छ
हियाको घाउ माया गासेर हुन्छ।



लगाएको साइनो मिटाई नमिट्ने,
आँखाभरि सपना नसाचेर हुन्छ।
देशका सपुत झुक्दैनन् कहिल्यै,
ममताको स्नेहलाई नसाटेर हुन्छ।
रित्तै आएका ती नैन सपना विना,
त्यो कसैको आस्था नमारेर हुन्छ।
हुन्छन् वेमेल साईनो स्वार्थ भरेका,
नपालेर पल्छन् नत फालेर हुन्छ।
॥२॥
जेहोला होला नडराउ नलुकाउ राम्रो हुन्छ,
मिलाई सुन्दर गजल पनि गाउ राम्रो हुन्छ।
खुसि हुनलाई त मन सफा हुनुपर्छ साथी,
सम्मान् गरौं आफै सम्मान पाउ राम्रो हुन्छ।
भए नराम्रो बानी छाडौं इतिहास बनाउला,
सबै मिलेर त्यही बाटो समाउ राम्रो हुन्छ।
प्रेमको बास स्वर्थमा हुदैन हुन्छ असलमा,
स्वर्थ मनले कसैलाई नफसाउ राम्रो हुन्छ।
कुनै रोगछ भने नि जचाउ नलुकाई साथी,
सामाजिक बन र हृदय सझाउ राम्रो हुन्छ।
अबिस्वासले मानवलाई सङ्कालु बनायो,
नकारत्मक शब्दलाई नै धपाउ राम्रो हुन्छ।
॥३॥
अब धेरै सुख भोगी भयौँ सर्बहारा खास छैनन्,
हाम्रैदेशमा पनि भँदै नभएका गाँस बास छैनन्।
सर्वहाराका कथा सुनाउनेहरू आफै कहाँ पुग्यौ,
हेर हाम्रा नारा नबनेका देशैभरि उपहास छैनन्।
न लुकाउँ मनमा लागेको कुरा यो आफ्नै घर हो,
छलफल गरौँ के तिमी भित्र कुराका रास छैनन्।
कसैको झोलो बोकेर विकास हुँनेछैन पार्टीको,
देशको मुहार फेर्नकै निमित्त बनेका लास छैनन्।
नेता बन्नु अँघि देशलाई चिनौ आफुलाई पहिले,
हाम्रै समाजमा नि भन कयौँ विदेशी दास छैनन्।
॥४॥
सबैले हेर्न पाएकाछन् उनको अनुहार प्रष्टै छ,
सांसद मन्त्रीहरूको व्यवहार लगातार प्रष्टै छ।
देखेकाछन् उन्का अनुहार र व्यवहार जनता,
आफू नर्कमा जाने बनाउंदैछन् आधार प्रष्टै छ।
भ्रष्टाचार अपराधको विरूद्ध उठेका थिए जो,
उनैको आउछ कस्तो कस्तो समाचार प्रष्टै छ।
हामीले केही भन्नुपर्दैन नाग्गिनेहरूलाई आफै,
को देशको गद्धार अनि को बफादार प्रष्टै छ।
कसैले देश लुटे कसैले जनता लुटे स्वार्थमा,
आफू बन्न जान्छन् संसदमा साहुकार प्रष्टै छ।
जेसुकै भन कयौं नेता दलाल पनि छन् यहा,
उनि बनेका हुन्छन् क कस्का हतियार प्रष्टै छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८


































