
जयपृथ्वी नगरपालिकामा “एकीकृत यौन तथा प्रजनन स्वास्थ्य अधिकार र लैंगिक हिंसा सेवा प्रणाली सुदृढीकरण कार्यक्रम“ को परिचयात्मक बैठक आज सम्पन्न भएको छ । सरकार सँगको सहकार्यमा हाल सम्म विकास भएका यौन तथा प्रजनन स्वास्थ्य अधिकार र लैंगिक हिंसा सम्बन्धी नीति, प्रणाली र सेवामा प्राप्त उपलब्धिलाई संस्थागत गर्ने औचित्यका साथ यो कार्यक्रम अघि सारिएको हो ।
कार्यक्रमले विशेषगरी नीति र कार्यान्वयन बीचको अन्तरलाई कम गर्ने, सीमित संस्थागत क्षमतालाई सुदृढ बनाउने र सेवा प्रवाहमा रहेका खण्डित अवस्था तथा पहुँचका चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। अपाङ्गता, जात वा जातीयता, भौगोलिक अवस्था, आर्थिक अवस्था, उमेर तथा लैंगिक पहिचानका आधारमा हुने असमानतालाई न्यूनीकरण गर्दै एउटै प्रणाली मार्फत समुदायको मागलाई जोड्ने र सुदृढीकरण गर्ने रणनीतिक योजना यस कार्यक्रमको रहेको युएनएफपिएका जिल्ला सँयोजक गणेश शाहिले बताउनुभयो ।


एकीकृत यौन तथा प्रजनन स्वास्थ्य अधिकार र लैंगिक हिंसा सेवा प्रणाली सुदृढीकरण कार्यक्रमको लक्ष्य, उद्देश्य, अपेक्षित प्रतिफल, लक्षित समूह, कार्यक्रम अवधि, कार्यक्षेत्र, र साझेदार निकायबारे पालिका स्तरमा समन्वय र सहकार्य गर्ने उदेश्यले पहिलो बैठक बसेको हो ।
बैठकमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न, अनुगमन तथा नियमित समीक्षा गर्नका लागिे नेतृत्वदायी भूमिका र पालिकाहरूको जिम्मेवारीबारे विस्तृत छलफल गरिएको थियो।
यो कार्यक्रम रोयल नर्वेली दूतावास (ल्यचधबथ) र स्विस सरकार विकास सहयोग (क्म्ऋ) को वित्तीय सहयोगमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (ग्ल्ँएब्), विश्व स्वास्थ्य संगठन (ध्ज्इ) र स्थानीय साझेदार संस्था पिसवीन (एभबअभध्ष्ल) को प्राविधिक तथा व्यवस्थापकीय साझेदारीमा सञ्चालन हुन लागेको हो । कार्यक्रम सन् २०२६ देखि २०२८ सम्म दुई वर्षको अवधिका लागि सञ्चालन हुनेछ।
कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले नगरभित्रका नागरिकहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको ग्यारेन्टी गर्न र लैंगिक हिंसा न्यूनीकरणका लागि यो कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले पालिकाले स्वास्थ्य र सामाजिक विकासका क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै साझेदार संस्थाहरूसँग आवश्यक सहयोग, समन्वय र सहकार्य गरेर कार्यक्रमलाई प्रभावकारी रूपमा सफल बनाउन नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।साथै सिड राष्ट्रिय मार्गचित्र र लैङ्गगिक हिंसा बिरुद्धकाे राष्ट्रिय कार्ययाेजना स्थानीयकरण कार्यक्रम समेत सम्पन्न भएकाे छ ।


































