पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी शीर्ष स्थानमा, लगातार तेस्रो हारसँगै पोखरा पुछारमा

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

CP Hospital Dhangadhi

लुम्बिनीका कप्तान रोहितकुमार पौडेल ३२ बलमा ३ छक्का र ३ चौकासहित ३२ रन तथा निरोशन डिकवेला २७ बलमा २७ रन बनाउँदै अविजित रहे। पोखराका विपिन खत्रीले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन बनाएको थियो। उसका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ र कप्तान कुशल भुर्तेलले १४ रन जोडे। लुम्बिनीका रुबेल ट्रम्पलमेनले ३ विकेट लिए भने तिलक भण्डारीले २ तथा शेर मल्ल, अभिषेक गौतम र रोहित पौडेलले समान १ विकेट हात पारे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यस जितसँगै तीन खेलबाट ५ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लगातार तीन खेलमा पराजित पोखरा भने अंकविहीन रहँदै पुछारमा छ। यसअघि मंगलबारकै पहिलो खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई २ रनले हराएको थियो।

Dhnagadhi & Krishanapur