लगातार तेस्रो दिन पनि घट्यो नेपाली बजारमा सुनको मूल्य ! सुनचाँदी किन्न भनि बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण, आजका लागि कतिमा हुँदै छ त कारोबार?

Image
Nisarga Hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै तेस्रो दिन पनि मूल्य ओरालो लागेको जानकारी दिएको हो ।

CP Hospital Dhangadhi

महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । हिजो मंगलबार तोलामा २०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार ७०० रुपैयाँले घटेको थियो । आजपनि घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

Attariya Hospital

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ छ । हिजो मंगगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ थियो ।

nawajiwan

यस्तै, आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । महासंघका अनुसार तोलामा ५ रुपैयाँले घटेसँगै आज चाँदी १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा १४ सय १५ रुपैयाँ कायम थियो ।