नेविसंघ धनगढीले गर्‍यो सिकलसेल सम्बन्धि जनचेतना मुलक कार्यक्रम

Image
Nisarga Hospital

धनगढी : नेपाल विद्यार्थी संघ धनगढी नगर कार्यसमितिको आयोजनामा नि:शुल्क एक दिने सिकलसेल एनिमिया जनचेतना मुलक कार्यक्रम समपन्न भएको छ। राना र चौधरी समुदायमा यो रोग लाग्ने भएकाले चौधरी समुदायलाई लक्षीत गरी धनगढी उपमहानगरपालिकामा यस कार्यक्रमलाई निरन्तता दिइने नेविसंघले जनाएको छ। धनगढी उपमहानरपलिका वडा नम्बरल १२ जुगेडामा कार्यक्रमको आयो जना गरेको नेपाल विद्यार्थी संघ धनगढी नगर सभापति दिपेश बोहराले बताए।

CP Hospital Dhangadhi

सभापति बोहराका अनुसार कार्यक्रममा रोगबारे डा. प्रदिप मिश्र र डा. गणेश फुलाराले जानकारी दिएका थिए। धनगढी १२ जुगेडास्थित मुक्तिनाथ विद्यालयमा भएको जनचेतना मुलक कार्यक्रममा १ सय भन्दा बढीको सहभागीता रहेको थियो। ‘सिकलसेल एनिमिया बाल्यावस्थाबाटै देखिन सुरु हुने गर्छ। सिकलसेल भएमा रातो रक्तकोषको संख्या घट्ने हुँदा एनिमियाका लक्षण देखिनुका साथै बारम्बार संक्रमण भई रहने, शरीरको विभिन्न भागमा दुखाई महसुस हुने भएकोले यसले जीवनभर सास्ती दिने गरेको डा. मिश्र बताउँछन्। सिकलसेल भएका व्यक्तिहरूमा शरीरका विभिन्न अंगहरूमा अक्सिजन सहितको रातो रक्तकोषहरू पर्याप्त मात्रामा पुग्न नसक्दा यसले फोक्सो, मिर्गौला, फियो तथा मस्तिष्क लगायतका अंगहरूमा क्षति पुर्याउनुका साथै स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्ने डा. मिश्रले बताए । यसकै कारण फोक्सोमा रगत पुर्याउने नलीमा रक्तचाप बढ्दा हृदयाघत भई मानिसको मृत्युसमेत हुनसक्छ। सिकलसेल एनिमिया आफैमा निको नहुने रोग मध्यमा पर्छ। यो रोग एक पटक लागेपछि निको नहुने भएकोले यो रोगबाट बच्ने एकमात्र उपाय भनेको नयाँ रोग लाग्नबाट बच्नु भएको डा. फुलाराले बताए।

Attariya Hospital

परिवारमा श्रीमान् र श्रीमती दुवै सिकलसेल एनिमियाबाट पीडित भएमा उनीहरूबाट जम्मने बच्चाहरूमा समेत सिकलसेल एनिमिया हुने सम्भावना धेरै हुने गर्छ।याउनुका साथै स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्ने डा. मिश्रले बताए । यसकै कारण फोक्सोमा रगत पुर्याउने नलीमा रक्तचाप बढ्दा हृदयाघत भई मानिसको मृत्युसमेत हुनसक्छ। सिकलसेल एनिमिया आफैमा निको नहुने रोग मध्यमा पर्छ। यो रोग एक पटक लागेपछि निको नहुने भएकोले यो रोगबाट बच्ने एकमात्र उपाय भनेको नयाँ रोग लाग्नबाट बच्नु भएको डा. फुलाराले बताए। परिवारमा श्रीमान् र श्रीमती दुवै सिकलसेल एनिमियाबाट पीडित भएमा उनीहरूबाट जम्मने बच्चाहरूमा समेत सिकलसेल एनिमिया हुने सम्भावना धेरै हुने गर्छ।

nawajiwan