बर्तमान नेपालको विश्लेषण

Image
Nisarga Hospital

यतिखेर राज्यब्यबस्था र दल माथी प्रश्न उठिरहेको छ । सुधार गर्न आवाज बुलन्द भैरहेको छ । जनताले निर्माण गरेको संविधान लोकतन्त्र अभ्यास मा छ । संविधान अकाट्य हुदैन समय सापेक्ष अवस्यकताका आधारमा सुधार हुने चिज हो । समाजमा असन्तुष्टि अराजकता मात्र छ ।

CP Hospital Dhangadhi

सब भन्दा मुख्य कुरा राजनीति लाई पेसा बनायका छौ । राजनीति पेसा होईन सेवा हो । गिता दर्सनले भनेको छ । “कर्मण्यवा धिर्कारस्य माफलेसु कदाचनम ” राम्रो कर्म गर्दै जाउ फलको आसा आफै हुने छ । यतिखेर मिसन ८४ को सुगारटान भैरहेको छ । चुनाबको पुरै समय बाकिनै छ । योत नियमित कर्म हो । संविधान सम्मत कर्तव्य हो । मुख्य कुरा असन्तुष्टि भस्टचार अनमियता अबसरबादी छेपाडे प्रबृत्ति म र मेरो भन्ने चिन्तन र अर्को सिस्टम सकियो विधि सकियो । सकारात्मक सोच सम्बन्धि समाचार हरु सुनिदैन र देखिदैन चरम बितृस्णाका कारण उठेको आवाज हो ।राजनीति एथेन्स वा सिद्धांतका आधारमा देखिदैन । स्वाथ को घेरामा लुकेको छ ।

Attariya Hospital

जनताले भरपर्दो स्थिर सरकार कल्पना गरेका छ्न । राज्य अनभुल्लमा छ अमुक ब्यक्ति आउदा अमुक जादा ब्यक्ति लाई फाईदा होला तर देसको अबस्था परिबर्तन हुदैन । युवा हरु बिदेशीने क्रम जारी छ चौरासी सम्म नेपालमा अहिलेको रेसियो लाई हेर्दा धेरै कम रहने सम्भावना छ गाउँ खाली हुँदै छ्न देशमै रोक्ने केही योजना देखिदैन , उत्पादनसिल क्षेत्र बाजिदै छ्न । उत्पादन गर्ने योजना छैन युवाहरुको पसिना बिदेसी भुमिमा पोखिदै छ रोज्गारी दिने पलान छैन ।

nawajiwan

परम्पराबादी घोगन्ते शिक्षा प्रणाली छ । बिश्व बजारमा बिक्रिहुने सटिपिकेट छैन मास्टर डिग्री गरेर खाडिमा बिल्चा हान्ने अबस्था छ । आज कस्तो अचम्म को देश बिडम्बना बुद्ध को देश सगरमाथा को देश पसुपती नाथको देश हिमालै हीमलको देस वीर गोर्खालीको देश स्वाभिमानी नेपालिको देश तर आज नेपालीका पीडा र दु:ख काथाका समाचार हरु स्वोदेसी बिदेशी समाचारले रङ्गियका छ्न, विमान स्थलमा बाकसभित्र नेपाली युवा का लासहरु र बिदेसका जेलभेत्र नेपाली युवा चिसो अँध्यारो कोठामा कैद छ्न रोक्ने अबस्थामा छैन तर आज संसद फोहोरी खेलको किडा क्षेत्र बनिरहेको छ कानुनी राज्यको उपाहास भैरहेको छ तर संसद योग्य विज्ञ दक्ष जनताको सरोकारको पबित्र बिस्वासिलो स्वाभिमानी नेपाली जनताको कुसल भर्पपर्दो अभिवाबक बन्नु पर्छ ।
✍️ भुवनेश्वर उपाध्याय
बझाङ थलारा