
बिरेन्द्र ,गोकर्ण , राधा र रोशनी एकदमै मिल्ने साथी हुन् हरेक कुरा साथीहरु संगै मिलेर गर्थे , सानो छँदा देखि संगै हिड्ने,संगै खेल्ने र स्कुल पढ्दा खेरी पनि संगै स्कुल जाने संगै फर्किने र कक्षा कोठामा पनि संगै बस्ने गर्थे !
रोशनी अलि जिद्दी सोभाबकी थिइन्

हरेक कुरामा आफ्नै जित हाँशिल गर्न खोज्दथिन , चारै जना एकदमै मिल्ने साथी भएपनी बेला बेला रोशनी संग चाहिँ झगडा परिरहन्थ्यो !
रोशनी अलि चंचल स्वभाबको थिइन् उमेरले बीस बाईस बर्ष पुगिसकेको तरपनी उत्ताउलो पन र केटाकेटी को जस्तो बानिहरु देखाइरहन्थी ,,
साथिहरुले रोशनीलाई धेरै कुरा सम्झाउँथे तर पनि उ आफ्नै चाल ढंग र आफ्नै तरिकाले अगाडि बढ्न चाहान्थि !
सबैको उमेर पुगिसकेको थियो बिस्तारै बिस्तारै सबै जनाले बिहे पनि गरे तर रोशनीले रुप बिग्रीन्छ आजै काँ गर्छु पछि गर्नुपर्ला भनेर बिहे पनि गरेन बिस्तारै उमेर बढ्दै गयो ,, साथिहरुको सल्लाह कहिले नमानी आफ्नै मनले रप्तार र तिब्र गतिमा अघि बढिन् !पछि पछि बुढी कन्या भनेर गाउँमा सबै हेप्न थाले!
संगै हिड्ने साथिहरु बच्चाबच्ची काखैमा राखेर माइत आउन थाले रोशनी लाई साथिहरुले भनेको नसुन्दा र आफ्नै मनको तिब्र गतिले कसैलाइ नसुनी कसैलाइ न देखि कसैलाइ वास्ता नगरी जिन्दगीमा पछुतो र धोका मिलेको महशुस भयो ,,
आफ्नो बाँजो कोख देखेर रोशनीले रातदिन छट्पटाइ बस्नु पर्ने भयो !तिब्र गतिले हिडिरहने रोशनी सबैको आकर्षण बनिन् तर ,,आफ्नो लागि निकै दु:खत र
जिन्दगी भरीलाई आश्रयबिहिन भइन्!
पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी




























