मष्टा गाउँपालिकाले दियो आगलागी पिडितलाइ राहत

Image
Nisarga Hospital

बझाङः मष्टा गाउँपालिका ६ को रोकाया टोलका आगलागी पीडितहरूलाई गाउपालिकाले राहत वितरण गरेको छ ।

CP Hospital Dhangadhi

आगलागी पीडित तीन परिवारलाई मष्टा गाउँपालिकाले सान्त्वना स्वरूप तत्कालको लागी खाद्यान्नका लागी चामल, ,पाल, व्ल्याकेट लगाएतका सामग्री वितरण गरिएको मष्टा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

nawajiwan

विपदमा परेका बेला सबैले सहयोग गर्न आवश्यक रहेकाले सहयोगका लागी सबै सँग उहाँले आह्वान समेत गर्नुभयो । साथै यो समय आगलागी बढि हुने समय भएकाले बिपत जुन सुकै समय पनि आउन सक्ने भन्दै सबैलाइ सतर्कता, र सचेत बन्न आग्रह समेत गर्नुभयो ।

Attariya Hospital

आज सोमवार दिउसो आगलागी हुदा एकै धुरी भएका स्थानीय विजय रोकाया, लोकेन्द्र रोकाया र ईश्वर रोकायाको घर जलेर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

आगलागी बाट घरभित्र भएका सुनका गहना, नगद पैसा, अन्नपात र बन्दो बस्तीका सामान समेत जलेर नष्ट भएको जनाइएको छ । मष्टा गाउँपालिकाको अस्थायी प्रहरी चौकीबाट खटिएका सुरक्षा कर्मीका साथै स्थानीयहरूले आगो नियन्त्रणमा लिएका थिए ।

हावाहुरीका कारण आगो भीषण रूपमा फैलिएपछी निभाउन समस्या भएको थियो । आगो लाग्नुको कारण थाहा नभएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।