लक्ष्मीदत्तको एक गजल

Image
Nisarga Hospital

आफ्नो मान्छे नातापाता उस्कै नाम घोक्दा रै’छन्

CP Hospital Dhangadhi

आफ्नो स्वार्थ पूरा गर्न खुट्टा पनि ढोग्दा रै’छन्

बनावटी गौरबको कुरा जति गरे पनि

दौलतले लासको भारी पिँढीमाथि बाेग्दा रै’छन्

ठग्ने गर्छन् आफ्नैलाई ठगी धन्दा गर्नेहरु

निर्धालाई मासुसरी तराजुमा जोख्दा रै’छन्

दूध प्याउँछन् स्वानलाई स्वार्थ पूरा गर्नुपरे

निरीहलाई लत्याएर कानमुन्द्रे पोस्दा रै’छन्

अन्धा कानुन भ्रस्टाचार जस्ले जति गरे पनि

सडक देखी सदनसम्म भेटेजति धोक्दा रै’छन्

लक्ष्मी दत्त भट्ट