बिद्यार्थीको भविश्य निर्धारण गर्न अत्तरियाको ‘लोटस आई अंग्रेजी माबि’लाई किन रोज्ने ? यस्ता छन बिशेषता

Image
Nisarga Hospital

अत्तरिया: सुदूरपश्चिम प्रदेश राजधानीको शहर अत्तरियामा रहेको लोटस आई अंग्रेजी माबिमा नयाँ बर्षको आगमन सँगै नयाँ शैक्षिक सत्रको भर्ना खुलेको छ । यस बर्ष देखि बिद्यार्थीहरुलाई पढाई सँगै भौतिक संरचनामा उल्यख्य उपलब्धि हासिल गरेको छ ।

CP Hospital Dhangadhi

बिगत २५ बर्ष देखि अत्तरियामा हजारौ बिद्यार्थीहरु उत्पादन गरेको यस लोटस आईले आफ्नो बिद्यालयबाट पढेर डाक्टर ईन्जिनियर देखि अनेकन ओहदामा बसेकाहरुलाई केही दिन अगाडी २५औं रजत जयन्तिको अबसरमा सम्मान समेत गरेको थियो ।

nawajiwan

कक्षा नर्सरी देखि १२ सम्म अध्यापन गराउदै गरेको यस स्कुलले एसईई पछि म्यानेजमेन्ट विषयमा सयौं बिद्यार्थी अध्यापन गरि सकेर आफ्नो सुन्दर भविश्य बनाई सकेका छन । पढाई सँगै अतिरिक्त क्रियाकलापमा यस बिद्यालयले जोड दिएको र विद्यार्थी – अभिभावकसंग प्रत्यक्ष सरोकार राख्दै गरेको जानकारी लोटस आईका निर्देशक धुर्ब कडायतले बताएका छन ।

कैलालीको अत्तरियामा २०५५ सालमा स्थापना भएको ‘लोटस आई’को यस क्षेत्रमा छुट्टै पहिचान छ । कक्षा १० सम्म मात्रै करिब १५ सय विद्यार्थीलाई अध्यापन गराँउदै आएको यो विद्यालयले प्लस टु म्यानेजमेन्टमा पनी उत्कृष्ट नतिजा ल्याउदै आएको छ । पर्याप्त भौतिक पुर्वाधारकासाथै उत्कृष्ट व्यवस्थापन समेत भएको यो विद्यालयमा यस क्षेत्रकै दक्ष शिक्षकहरु छन् ।

भौतिक पुर्वाधारमा अब्बल
लोटस आई अंग्रेजी माबिमा आधुनीक कक्षाकोठा सहित आफ्नै सुविधा सम्पन्न भवन छन् । विद्यार्थीको पढाईलाई कतिपय अवस्थामा भौतिक पुर्वाधारले पनी ठुलो प्रभाव पार्ने गर्दछ । सोहि कुरालाई मध्यनजर गर्दै विद्यालयले कक्षा पिजी देखि १ कक्षा सम्म एसी सहितको सुविधा सम्पन्न भौतिक पुर्वाधार निर्माण गरेको छ ।

Attariya Hospital

दक्ष एवम् योग्य जनशत्ति
शैक्षिक वातावरण र शिक्षक संस्थाको सबैभन्दा महत्वपुर्ण पक्ष हो । कुनै विद्यालयले शैक्षिक रुपमा उत्कृष्ट नतिजा प्रदान गर्नकालागी शैक्षिक जनशत्तिमा जोड दिनु पर्दछ । लोटस आई अंग्रेजी माबिले सधैँ दक्ष जनशत्तिमा जोड दिने गरेको छ । यहाँ पुर्णकालीन ५० जना शिक्षक रहेका छन् । उत्कृष्ट नतिजा प्रदान गर्नकालागी शिक्षकहरुले पनी निकै मिहेनत गर्ने गरेको विद्यालयका सँस्थापक गिरिराज कडायत बताँउछन् । दुर्गा लक्ष्मी बहुमुखि क्याम्पसको संस्थापक क्याम्पस प्रमुख भएको काम गरेको लामो अनुभवले समय अनुकुल सबैलाई मिलाउदै लगेकोले हामीलाई अन्य शैक्षिक संस्थासँग प्रतिस्पर्धा गर्न र बिद्यार्थीको सुन्दर भविश्य वनाउन हामी लागि परेको बताएका छन । म्यानेजमेन्ट संकाय अध्यापनकालागी प्रत्येक विषयका दुईदुई ओटा शिक्षकको व्यवस्था गरएिको छ । आकर्षक तलब र सेवा सुविधाका कारण लोटस आई अंग्रेजी माबि अनुभवि शिक्षकहरुको रोजाईको केन्द्र पनी बन्ने गरेको छ ।

कक्षा कोठामा स्मार्ट बोर्ड तथा एसी सुविधा
पछील्लो समय शिक्षा क्षेत्रमा मा भित्रीदै गएको प्रविधीलाई मध्यनजर गर्दै पिजी कक्षा देखी १ सम्म एसि युक्त कक्षा कोठा र अन्य कक्षा कोठामा स्मार्ट बोर्डको व्यवस्था गरीएको छ । अहिलेको बदलीँदो युगसंगै नयाँनयाँ प्रविधी भित्रउन आवश्यक हुने निर्देशक कडायत बताँउछन् ।

अत्याधुनीक कम्प्युटर ल्याब
पछील्लो समयमा कम्प्युटर मानव जीवनको अभिन्न अंग बनेको छ । विद्यालयले अत्याधुनीक कम्प्युटर ल्याबको व्यवस्था गरेको छ । ईन्टरनेट सहित एसी जडित उत्त कम्प्युटर ल्याबबाट विद्यार्थीले थप ज्ञान हाँसील गर्न सक्छन् ।

पुस्तकालय,संगीत तथा स्टीम ल्याब
विद्यालयमा विद्यार्थीहरुलाई अतिरित्त क्रियाकलापमा सहभागी गराउने उदेश्यले विद्यालयले पुस्तकालय, स्टीम ल्याबको व्यवस्था गरेको छ । यस्ले विद्याथीलाई थप ज्ञान हाँसील गर्न मदत पुग्ने विद्यालयका संचालक धुर्ब कडायतले बताएका छन ।