
एउटा साहित्यिक कार्यक्रमको निम्तो आएको थियो सोही निम्तो सुइकार गर्दै कविता वाचनको लागि रत्नपार्क कै बाटो जाँदै गर्दा रत्नपार्कमा एउटा रुखको फेदमुनी एक जना दाइले पत्रीका बेच्दै हुनुहुन्थ्यो , मंगलबार साप्ताहिक पत्रीकामा आफ्नो पनि लेख छापिएको थियो सोही पत्रीका त्यहाँ भेटेपछी एउटा पत्रीका किने पत्रीकालाई मोडेर खल्तिमा राखे अनि कार्यक्रममा जाने तयारी भयो मध्य बानेश्वर जाने टेम्पु कुरिरहेको थिए ।

रत्नपार्क चोक अलि अगाडि आँखा पर्यो छोटो पेन्ट माथी रातो टिसर्ट लाएर एउटा केटि उभिएको देखे घुम्रीएको कपाल पातलो पातलो शरिर देख्दा किन किन आफ्नै प्रेमिकाको जस्तो लाग्यो एकछिन राम्रैसंग नियालेर हेरौँन भनेर हेरिरहे , राम्रो संग ठम्याउन सकिएन मुखमा कालो मास्क लाएको थियो आफुपनी अलिकति टाढै थिए ।
एकछिन पछि एकजना केटा त्यही बाटो हुँदै जाँदै थियो आफु नजिक पुग्ने बितिक्कै केटिले केटालाइ रोकेर कुरा गर्यो केटा केहिबेर आडैमा उभियो र दुवैजना एकछिन पछि त्यहाँबाट संगै अगाडी बढे चिन्न निकै गार्हो थियो ।
केटिलाइ आफ्नै प्रेमिका जस्तो देखेपछी खुब चासो र खुलदुली भयो मनले मान्दै मानेन जान्न नै चाह्यो त्यो कोहो भनेर केहिबेर ती दुबै जनाको पिछा गरियो केटिले केटालाइ आफ्नो स्कुटर रोकेको ठाउमा पुर्यायो ,, झट्ट आँखा स्कुटरको नम्बरमा परेपछी केटिलाइ चिन्न कुनै गार्हो भएन जुन स्कुटर आफैंले उस्लाइ किनिदिएको थिए ।
आफ्नै प्रेमिकालाइ रत्नपार्कमा त्यस्तो अबस्थामा भेटेपछी छातिमा ठूलो पाहाड परे जस्तो भयो ,गड्याम्म गुडुम्म आवाज आयो आकाशमा बादल गर्जिए झै ,हावाहुरीले रुखका हाँगा भाँचिए झैं भयो त्यो दिन मेरो लागि निकै दु:खद रह्यो मन भक्कानियो ।
मनमा संका नै उब्जिरहेको थियो स्कुटर कतै साथिलाइ पो चलाउन दिएको हो कि एकछिन फौन ट्राइ गरुँ भनेर फौन लाए मोबाइलको घण्टि त्यही स्कुटरवालिको खल्तिमा बज्यो र र खल्तिबाट मोबाइल झिकेर हेलो हजुर भन्यो कता छौ सानू भनेर सोधे प्रेमिकाले म रुम मै छु हजुर भन्यो आफुलाइ समाहाल्न निकै गार्हो भयो केही बोल्ने आँट नै आएर फौन काटेर कार्यक्रममा पनि नगएर रुममा फर्के , आफ्नै प्रेमिकालाइ देह व्यापार गरिरहेको देखेपछी यो प्रेम नै झुट हो कि भन्ने महसुस भयो !!
पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी





























