
एक समयमा एक सामन्तीहरुको परिवार
मेरो टाउकोमा पुरै परेको थियो,
मलाई थाहा छ के के आरोप लाएको थियो ,
दिन दिनै धम्की सुनाएको थियो
रुवाएको थियो मैले गल्ती त
केही गरेको छंदै थिएन
गल्ती मेरो सोझोपन थियो
बिर्षेको छैन सयौं जनाको भिडमा
मलाइ लात हानेको,
भिरबाट लडाउन खोजेको
मेला थियो हाँस्दै थिए
सबैजना रमाउदै थिए
मेरो लागि त्यो दिन
औंशिको कालो रात जस्तै
अध्यारो थियो !

बोल्न पनि डर मान्ने मेरो जित थियो
सबैलाइ थाहा थियो
मैले हार सुइकार गरेको थिए
दसैंको दिन थियो
पैसाको मामाला बिग्रेको थियो
निधारमा रातो टीका थियो
आँखामा आँसु थियो !
छाप छ मनमा पिडाको निल छ खुट्टामा चोटको
सम्झना छ धकेलेको दुखाइ छ झाप्पडको
डर थियो धम्की को
मलाइ बोल्न मन कहाँ थियो र
बाध्य भएर बोल्दै छु त्यो परिवार संँग
संगै हिड्ने संगै बस्ने तबाध्यताको खेल हो
यो बाध्यताको खेल देखाउ म कस्लाइ
खेल खेल्ने मैदान भत्किसक्यो
रहेको सानो तिनो भागमा पनि
क्षेत बिक्षेत बनेको छ
चिरा – चिरा परेको छ!
एकै गाउँ ठाउँमा बसि सकेपछी
बेलाबेला भेट हुन्छ ,ओल्लो पल्लो घर
यता उता गर्न पन एउटै बाटो पर्छ
कुटो कोदालो समेत ओल्लो घरको
पल्लो घरमापल्लो घरको
ओल्लो घरमा गइरहेको हुन्छ
कसरी रिसाउनु छन त यो मेरो मनमा
धम्कि को ठूलो भारी छ
सँगैको खेतबारी छ खेतबारीको छेउको
कान्ला माएउटा चिउरीको रुख छ
त्यो धम्की को भारिलाइ
त्यही रुखमा फेदको कापा मा
अड्काएर राखेको छु !
पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी




























